सेप्टेम्बर १५ मा ड्यालसमा चितवने पिकनिक

टेक्सस (अमेरिका) । टेक्ससमा बसोबास गर्दै आएका चितवनेहरुको आयोजनामा आउँदो सेप्टेम्बर १५ तारिक बनभोज (पिकनिक) आयोजना हुने भएको छ । सेप्टेम्बर १५ तारिक आइतबार ड्यालस फोर्टवर्थको ग्रेपभाइन लेकमा पिकनिक ह’न लागेको र उक्त पिकनिकमा सहभागी हुन अमेरिका भरि रहेका चितवनेहरुमा अपिल गरिएको छ । 'यो पिकनिकलाई हामी चितवनेहरुले एउटा चाडकै रुप दिने प्रयास गरिरहेका छौँ…