काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई सपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटकपटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताए । उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र…