मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

प्रवासी मञ्च व्यबसायीक शीप तर्फ

प्रवासी मञ्च व्यबसायीक शीप तर्फ

ड्यालसमा चाैथो अधिवेशनको तयारी अन्तिम चरणमा


ड्यालस (अमेरिका) । प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन आउँदो मे ३१ देखि १ तारिकसम्म टेक्ससको ड्यालसमा हुने भएको छ । सम्मेलनको सबै तयारीहरु लगभग पुरा भएको आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

दुई दिने सम्मेलनमा यसपटक संस्थाले विशेषरुपमा सदस्यहरुलाई पेशागत तथा व्यवसायीक सिकाइमुलक कार्यक्रमहरु अघि सार्ने नीति लिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले उल्लेख गरे । सदस्यहरुको आय आर्जनका लागि नयाँ पेशा, व्यवसायका बारेमा जानकारी दिनका लागि तीन विषयमा विज्ञहरुबाट कार्यपत्र समेत प्रस्तुत हुने उनले जानकारी दिए ।

व्यबसायीक शीप तथा सदस्यहरुको दक्षता अभिवृद्धिका लागि कार्यपत्र प्रस्तुत गर्न डा. रुद्र अर्यालको संयोजकत्वमा टीम बनेको त्यस अवसरमा जानकारी दिइयो ।

सदस्यहरुलाई कर, साना व्यबसाय अनुदानका विषय सिपिए राजेन्द्र शिवकोटीले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै विजयराज भट्टराई र निर्मल पौडेलले पनि अमेरिकामा संभावित व्यबसाय, पेशाका लागि आवश्यक पर्ने शीप दक्षताका बारेमा अलग अलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

‘अबको हाम्रो मुख्य फोकस भनेको सदस्यहरुलाई व्यवसायी बनाउने र आम्दानी बढाउने भन्ने हो’ अध्यक्ष लामिछानेले भने ।

दुई दिने सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरुबाट दुईसय ३५ जना प्रतिनिधिहरुको सहभागिता रहनेछ । कार्यक्रमको उदघाटन प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले गर्नेगरि तय भएको छ ।

विगतमा नेकपा एमालेका केन्द्रिय नेताहरुलाई प्रमुख अतिथी बनाउने अभ्यास र परम्परा रहिआएकोमा अमेरिकी कानुन अनुसार स्वायत्त संस्थाको रुपमा दर्ता भएकोले अन्तर्राष्ट्रिय अध्यक्षबाट उदघाटन गराइने समेत पदाधिकारीहरुले बताए ।

प्रवासी मञ्चको पहिलो अधिवेशन सन् २०१३ मा न्यूयोर्कमा भएको थियो । त्यसपछि दोस्रो अधिवेशन सन् २०१७ मा मेरिल्याण्डमा, तेस्रो अधिवेशन २०२२ मा बोस्टनमा भएको थियो ।

अधिवेशनले दोहोरो नागरिकताको सुनिश्चितता, व्यबसायीक तथा सामाजीक कार्यमा संलग्नता बढाउने, वंशजको नागरिकताको निरन्तरतालाई मुख्य रुपमा उठाइने त्यस अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष थापाले गैर आवासीय नेपाली संघ अमेरिकाको सदस्यताको सन्दर्भमा अहिले सतहमा आएको विवाद एनआरएनको अन्तर्राष्ट्रिय समितिको एमआइएसबाटै सदस्यता लिन र नवीकरण गर्न सकिनेगरि मात्र हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।

पत्रकार सम्मेलनमा मञ्चका सचिव छबी पाण्डेले सम्मेलनको तयारीको अवस्थामा बारेमा प्रकाश पारेका थिए ।

शेयर गर्नुहोस:

459
Shares