ड्यालस, अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरले नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा)को ३५औँ वार्षिक सम्मेलनका अवसर पारेर एक विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ। प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा विभिन्न कवि, साहित्यकार, साहित्यप्रेमी तथा नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। अनेसास डालासका अध्यक्ष…