मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

सत्य समाचारका लागि पत्रकारिता क्षेत्रमात्र चिन्तित भएर पुग्दैन

सत्य समाचारका लागि पत्रकारिता क्षेत्रमात्र चिन्तित भएर पुग्दैन


ड्यालस (टेक्सस) । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सत्य तथ्य समाचारका लागि पत्रकारिता क्षेत्र मात्र चिन्तित भएर समस्या समाधान नहुने बताएका छन् ।

हाल अमेरिका भ्रमणमा रहेका अध्यक्ष बस्नेतले आइबार टेक्ससको ड्यालसमा स्थानीय नेपालीमुलका सञ्चारकर्मी तथा समुदायसँगको अन्तरकृयाका क्रममा उक्त कुरा भनेका हुन् । बस्नेतले सही र सत्य समाचारका लागि पाठकवर्ग पनि सचेत हुनुपर्ने बताए । सत्य समाचार नदिनेलाई पाठकहरुले विश्वास गर्न छाड्नुपर्ने पनि उनले उल्लेख गरे ।

Advertisement
ADVERTISEMENT

‘अहिले पत्रकारिता छ्यासमिस (मिक्सम्याच) भएको छ । पत्रकार को हुन् ? मिडिया कस्लाई भन्ने, न्यूज मिडिया र सोसल मिडियाको अन्तर कस्ले पर्गेल्ने ?’ अध्यक्ष बस्नेतले प्रश्न गरे । सोसल मिडियामा लेखिएका कुरालाई समाजले न्यूज मिडियाका रुपमा लिन नहुने र त्यसो भन्दैमा सोसल मिडियामा जे मन लाग्यो त्यही लेखेर समाजलाई भ्रमित पार्न अब नपाइने समेत उनले बताए ।

उनले घरघरमा विखण्डन गराउने र किचनदेखि बेडरुम सम्मका कुराहरुलाई बाहिर ल्याउनेमाथि आचार संहिताको कारवाही गर्न थालिएपछि त्यसमा कमि आएको समेत उनले उल्लेख गरे । प्रेस काउन्सिलले जथाभाबी कन्टेन्ट तयार पारेर युटूबमा हाल्ने माथि कारवाही तीब्र बनाएको छ ।

कार्यक्रममा मिडिया अध्येता विनय गुरागाईले आचार संहिताको विश्वव्यापी प्रचलन र नेपालको विद्यमान अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

नेजाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले नेपालमा फैलिँदो गलत समाचारलाई निमिट्यान्न पार्न काउन्सिल दह्रो हुनुपर्ने र गलत अफवाह फैलाउने मिडिया र सञ्चारकर्मी माथि कारवाही गर्नुपर्ने, अनुगमन प्रभावकारी हुनुपर्ने सुझाव दिएका थिए ।

नेजा अध्यक्ष सुरज भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय सदस्य तथा नेजाका सल्लाहकार सञ्जय घिमिरेले नेपालदेखि अमेरिकासम्मको पत्रकारिताको अवस्थाका बारेमा चर्चा गरेका थिए ।

शेयर गर्नुहोस:

189
Shares