बोस्टन स्टेडियममा नर्वेले इराकलाई स्तब्ध बनायो

अमेरिका, बोस्टन। विश्वकप फुटबलको २३औं संस्करण अन्तर्गत आज भएको महासङ्ग्राममा नर्वेले इराकलाई स्तब्ध बनाएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम(जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा भएको खेलमा नर्वेले इराकलाई १ गोलको बिरुद्ध ४ गोल गर्दै स्तब्ध बनाएको हो। समूह चरण अन्तर्गको प्रतिपर्धाका दौरानमा समूह आइ(I)मा परेका नर्वे र इराक आज खेलमैदानमा आमनेसामने भएका थिए।…