अमेरिका- विवादै विवादमा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को एउटा समुहको भेलाबाट अध्यक्ष चुनिएका महेशकुमार श्रेष्ठले आफ्नो नेतृत्वको कार्यसमिति आधिकारिक एनआरएनए भएकाले यसमा भ्रममा नपर्न आग्रह गरेका छन् । अमेरिकाको ड्यालसमा आइतवार भएको एक कार्यक्रममा महेशले केही साता भित्र काठमाडौ स्थित एनआरएनए कार्यालय भवनमा पनि प्रवेश गर्ने जानकारी दिए ।
एनआरएनएको आधिकारिकताको विषयमा नेपालको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । ‘अर्को समुहले हाम्रो कार्यसमितिको काम कारवाही रोक्न सर्वोच्च अदालतमा मुद्दा हालेको थियो तर, सर्वोच्चले हाम्रो काम रोक्न अन्तरिम आदेश दिएन त्यसैले हामी नै अधिकारिक हौँ’ महेशले भने । सवैपक्षसँग मिलेर तयार जाने आफुहरु लचिलो रुपमा सहमती र सहकार्यका लागि पहल गरिरहेको महेशले बताए-‘त्यही भएर हामी काठमाडौको एनआरएनए कार्यालयमा जान हतार नगरेको हो झडपको स्थिती ल्याउन नचाहेको हो ।’
तर, अब कार्यालय भवनमा जान धेरै दिन भने नपर्खिने उनले वताए । हामी कार्यालय जाने प्रकृयामा पनि जान्छौं त्यसव विचमा सर्वोच्च अदालतको फैसला पनि आउने छ हामी त्यही अनुसार गर्ने छौं ।
विभिन्न देशमा रहेका एनसीसीहरुमा भने विवाद आउन नदिन उनले आग्रह गरे । केन्द्र अर्थात आईसीसीको विवाद मिलाउन सजिलो होला एनसीसीको विवाद मिलाउन झनै कठिन हुन्छ उनले भने । एनआरएनए एनसीसी अमेरिकाले एक जुट भएर एकताको लागि पहल गर्न पनि उनले आग्रह गरे । ‘अमेरिकाले आईसीसीको विवाद मिलाउने क्षमता पनि राख्छ’ महेशले भने तपाईहरुले यो क्षमता देखाउनुहोस ।
एनआरएनए संस्था भित्रको विवादले विदेशमा वस्ने नेपालीका मुद्दाहरु प्रभावकारी रुपमा राख्न नसकिएको उनले स्विकार गरे । विवादै विवादले गर्दा हामीलाई हल्का रुपमा लिन थालिएको छ, तपाईहरु पहिला आफ्नो विवाद मिलाउनुहोस अनि आफ्ना मुद्दा लिएर आउनुहोस भन्छन् महेशले भने हाम्रा थुप्रै मुद्दा सल्टाउन पनि मिलेर जानुको विकल्प छैन ।
आधिकारिकता दावी गरिरहेको डा बद्री केसीको समुहलाई प्रधानमन्त्रीले तपाईहरु लगानी ल्याउँदै जानुहोस विवाद मिल्दै जान्छ भन्नुभएको महेशले वताए ।
एनआरएनए को विवादले यसको सदश्य संख्यामा गिरावट आएको छ । सदस्यता लिने र संस्थामा सकृय हुने विदेशमा वस्ने नेपालीको संख्या घटेको छ । एनआरएनए अमेरिकाले दुई वर्ष यता समुदाय स्तरमा निकै निष्कृय छ । नेपालीलाई समस्या पर्दा समेत सम्वोधन गर्न सकेको छैन । टीपीएस रद्द हुदां कयौं नेपाली अन्यौलमा परेका छ्न । तर, एनआरएनए अमेरिका विवादमै केन्द्रित छ ।
विदेशमा वस्ने नेपालीको नागरिकताको सवाल, लगानी नेपालको समृद्धी जस्ता थुप्रै मुद्दाहरु एनआरएनएले उठाउनु पर्ने महेशले वताए ।
कार्यक्रममा सहभागीहरूले संस्थाभित्रको विवाद, नागरिकताका विषयमा जिज्ञासा राखेका थिए । सो अवसरमा जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष विष्णु सुवेदीले अक्टोबरभित्र संस्थाको विवाद हल भएर संस्था एक हुने दावी गरे ।
प्रतिक्रिया