वासिङ्टन । वासिङटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ जिकिर गरेका छन् । उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताए । हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै…