टेक्सस (अमेरिका) – गण्डकी प्रदेश सरकारका प्रेस रजिष्ट्रार विमला भण्डारीले नेपालको राजनीतिक नेतृत्वले म होइन हामी देशका लागि गर्छौ भन्ने भावनाले काम गर्नु पर्ने वताएकी छिन् ।
अहिले देशमा सक्षम र कुशल नेतृत्व अहिले झन आवश्यक भएको समेत उनले उल्लेख गरिन् । जनसम्पर्क समिति टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा भण्डारीले उक्त धारणा व्यक्त गरेकी हुन् । मिडियालाई आवश्यक पर्दा सँगैं सडकमा लिएर हिड्ने र आफ्नो उद्देश्य पुरा भई सरकारमा गए पछि विर्सर्ने गरिएको वताउँदै भण्डारीले यो प्रवृत्ती पनि गलत भएको बताईन ।
समाजलाई सकारात्मक तिर लैजान मिडियाको भुमिका महत्वपुर्ण हुने वताउंदै नेपालमा व्यसायीक पत्रकारिकतालाई अझ मजबुत वनाउनु पर्ने उनको धारणा थियो ।
विदेशमा वस्ने नेपालीको चाहना अनुसार उनीहरुको ज्ञान, सिप र पूँजीलाई कसरी नेपालमा उपयोग गर्न सकिन्छ यसवारेमा पनि राज्यले ध्यान दिनु पर्नेमा पनि उनले जोड दिएकी छिन् ।
कार्यक्रममा सहभागीहरुले वंशजको नेपाली नागरिकताको निरन्रता, विदेशमा वस्ने नेपालीका समस्या, नेपालको राजनीतिक अस्थिरता लगायतका विषयमा धारणाहरु राखेका थिए ।
कार्यक्रममा एनआरएनए अमेरिकका उपाध्यक्ष भानु खरेलले विदेशमा बस्ने नेपालीको कुरा सुनेर मात्र जाने प्रवृत्ति गलत भएको वताए । हामी यहाँ आफ्ना समस्या भन्छैं सुनेर मात्र नजानुहोस हामीले भनेका कुरा यसरी नेपालमा राख्यौं भन्ने जानकारी पनि दिनुहोस उनले भने ।
नेपाली काँग्रेस महासमिति सदस्य तथा दाङ खेलकुद परिषद् अध्यक्ष राजकुमार हमाल, एनआरएनए अमेरिकका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हरिवोल भण्डारी, अमृत सापकोटा, धनन्जय ढकाल, सन्तोष बिष्ट लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए । कार्यक्रम नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष दिनेश शर्माले सञ्चालन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम जनसम्पर्क समिति टेक्सस च्याप्टरका सभापती ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रतिक्रिया