ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बार्षिक क्यालेण्डर अनुसार बालबालिकाहरुका निम्ति समरक्याम्प शनिबार सम्पन्न भएको छ ।
नेपालीमुलका बालबालिकाहरुका लागि हिन्दु धर्म, संस्कार, संस्कृति सिकाउने उद्वेश्यले आयोजना गरिएको समरक्याममा तीनसय बालबालिका सहभागी थिए । उमेर समूह अनुसार दुई चरणमा आयोजना गरिएको थियो ।
गत साता जुनियर बालबालिकाहरुका लागि आयोजित समरक्याम्प सम्पन्न भएको थियो भने शनिबार सिनियर बालबालिकाहरुको दीक्षान्त (ग्राजुएसन) कार्यक्रम सम्पन्न भयो ।
विगत दुई दशकदेखि नेपाली बालबालिकाहरुलाई हरेक समरयाममा नेपालबाट डा. चिन्तामणि योगी आएर समरक्याम्प सञ्चालन गर्दै आउनुभएको छ । गत साता सम्पन्न जुनियर समरक्याम्पमा एकसय ५७ बालबालिकाहरु सहभागी थिए भने शनिबार सम्पन्न ग्राजुएसन समारोहमा एकसय ४४ सिनियर बालबालिकाहरु सहभागी रहेको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिनुभयो ।
दुई चरणमा आयोजना भएको क्याम्पमा झण्डै ५० जना बिद्यार्थीहरुले स्वयमसेवा गरेका थिए ।
ग्राजुएसन समारोहमा बालबालिकाहरुले आपूmले धेरै कुराहरु सिकेको बताएका थिए । त्यस अवसरमा उनीहरुले आफ्नो प्रतिभा समेत देखाएका थिए ।
नेपाली समाज टेक्सस र नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले अमेरिकामा स्कुल लामो समय बिदा भएको समय पारेर लामो समयदेखि समरक्याम्प चलाउँदै आएका छन् । यस्तो कार्यक्रमबाट बालबालिकाहरुले हिन्दु धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा जानकारी पाउँदै आएका छन् ।
प्रतिक्रिया