आज रमिता छ

समाचारको स्क्रिनमा एउटा पक्राउ देखिन्छ। सामाजिक सञ्जाल तात्छ। समर्थकहरू खुसी हुन्छन्, विरोधीहरू आक्रोशित। केही घण्टा बहस चल्छ। नयाँ भिडियो आउँछ। नयाँ आरोप आउँछ। नयाँ पात्र दृश्यमा प्रवेश गर्छ। अनि अघिल्लो घटना बिस्तारै हराउँछ।हामी अर्को तमासा हेर्न थाल्छौँ। इन्द्रबहादुर राईले लगभग छ दशकअघि ‘आज रमिता छ’ लेखेका थिए। उपन्यासको भूगोल पचासको दशकको दार्जिलिङ थियो। समय टाढा…