मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
नेपाल   

अमेरिकाबाट नेपाल डलर पठाउँदा अब कर

अमेरिकाबाट नेपाल डलर पठाउँदा अब कर


‘द वान व्युटीफुल बील’ नाम दिइएको करहरुको नयाँ व्यबस्था संबन्धि विधेयक हिजो राति अमेरिकी संसदको समितिबाट एक झिनो मतले पारित भएको छ ।

यो विधेयकले आम अमेरिकीहरुको भान्छादेखि भत्तासम्म असर पार्दैछ । ४७ पेजको यो विधेयक रिपब्लिकनको बहुमत रहेको कंग्रेसबाट निश्चित रुपमा पारित हुनेछ ।
यसमा समावेश कतिपय बुँदाहरु डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियान र त्यसपछि प्रतिवद्धता जनाएका विषयहरुनै समावेश छन् । जुन नौलो चाँही होइनन् ।

तर सबैभन्दा नयाँ र नौलो चाँही अमेरिकाबाट रेमिट्यान्सको माध्यमबाट (बैंक, मनी ट्रान्सफर) मार्फत बाहिर पठाउने डलरमा कर प्रस्ताव गरिएको छ ।

अमेरिकाबाट बाहिरिने हरेक पेनी/डलरमा पाँच प्रतिशत अन्तःशुल्क (एक्साइज ट्याक्स) प्रस्ताव गरिएको छ । यो भनेको एकसय डलर पठाउँदा सरकारलाई ५ डलर कर तिर्नुपर्छ । एकहजार डलर पठाउँदा ५० डलर सरकारी कर लाग्छ ।

यो प्रावधान कानुन बनेर लागु भएपछि अमेरिकाबाट नेपाल जाने रेमिट्यान्समा पक्कै असर गर्नेछ । सन् २०२३ मा अमेरिकाबाट एकअर्ब २८ करोड डलर रेमिट्यान्सका रुपमा गएको थियो ।

व्युटीफूल बील समितिबाट पारित भएपछि भारतमा चर्को हङ्गामा सुरु भएको भारतीय सञ्चार माध्यमहरु नियाल्दा देखिन्छ । किनकी भारतमा कुल रेमिट्यान्सको झण्डै २८ प्रतिशत अमेरिकाबाट मात्र जान्छ । भारतीयहरुको आम्दानीको स्तर अमेरिकी (ह्वाइट) हरुको भन्दा पनि औसतमा बढी छ । किनकी भारतीयहरु सूचना प्रविधि, इञ्जिनियरिङ्ग, चिकित्सा, व्यापार व्यबसायमा निकै माथिल्लो तहमा छन् अमेरिकाभित्रै पनि ।

भारतले सन् २०२४ मा एकखर्ब १८ अर्ब ७० करोड डलर रेमिट्यान्सका रुपमा भित्राएको थियो । यस मध्य २८ प्रतिशत अमेरिकाबाट गएको थियो ।

रेमिट्यान्समा अन्तशुल्क लगाउने नीतिले सबैभन्दा ठूलो असर भारतीयहरुलाई पर्ने र त्यसले गर्दा भारतको रियलस्टेट (घरजग्गा) को क्षेत्रमा ठूलो प्रभाव पर्ने चर्चा सुरु भएको छ ।

माथिको यति कुरा पढिसकेपछि तपाई पक्कै चिन्तित हुनुभयो होला । यात तपाईले नेपालमा डलर अलि कम पठाउने सोच्नुभयो होला, यात अरुनै अवैध माध्यमका बारेमा पनि तपाईका दिमागमा सोच पलायो होला ।

तर, चिन्ता नलिनुस् । यदी तपाईले अमेरिकी नागरिकता लिइसक्नु भएको छ भने चाँही तपाई यो रेमिट्यान्स अन्तशुल्कबाट छुट पाउने वर्गमा पर्नुहुनेछ । तर ग्रीनकार्ड, वर्क परमिट, एचवानबी स्टाटसमा तपाई हुनुहुन्छ भने तपाईले यो करबाट छुट पाउनुहुनेछैन ।

भारतीयहरुको ठूलो संख्या अहिले पनि एचवानबी, ग्रीनकार्डमा छन् । जसले गर्दा यो करले उनीहरुको ठूलो संख्यालाई प्रभावित पार्नेछ ।

यो कानुनले भारतीय भन्दा पनि ठूलो असर चाँही मेक्सिकोबाट अमेरिका अाएकाहरूलाइ पर्नेछ । यो कानुन प्रति मेक्सिकोले असन्तुष्टी व्यक्त गरिसकेको छ ।

अमेरिकाबाट सन् २०२३ मा ८ खर्ब ५७ अर्ब डलर रेमिट्यान्सका रूपमा अन्य देशहरूमा गएको थियो । यो मध्य निम्न र मध्यम अाय भएका देशहरूमा ६ खर्ब ५६ अर्ब डलर गएको थियो ।

यति पढिसकेपछि फेरि तपाईको मनमा नेपाल डलर पठाउँदा अमेरिकी नागरिकता लिएकाहरुको नाममा पठाउँदा त भैहाल्छ नि ! पठाउँदा जस्को नाममा पठाएपनि पाउने मान्छे त आफ्नो भए त भैहाल्छ नि भनेर मनमा उब्जिएको भए त्यो सपना आजैबाट देख्न बन्द गर्नुहोला । किनकी त्यसरी पठाउँदा लागेको कर पछि ट्याक्स फाइल गर्दा मात्र फिर्ता हुनेछ ।

अनि हुण्डीवालाहरुको टाउकोमा चाँही अब गतिलै घन बजारिनेछ । किनकी अहिलेसम्म डलर पठाउँदा अमेरिकी सरकारले कर नउठाउने गरेका कारण यो विषय त्यति गंभीर थिएन । तर हुण्डीबाट पठाउँदा अमेरिकी सरकारको राजश्व छली हुने भएकोले हुण्डीवालाहरु चाँही आजैदेखि सचेत भएर गैर कानुनी काममा अग्रसर नहोउन् ।

शेयर गर्नुहोस:

9.4k
Shares