रवीन्द्र ढाँटले रचे इतिहास, ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश

काठमाडौँ । नेपालका चर्चित मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा जारी ‘रोड टु युएफसी’ सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै ढाँट फाइनलमा प्रवेश गरेका हुन्। अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा ढाँटले मर्डकलाई स्प्लिट डिसिजन मार्फत पराजित गरे। निर्णायकहरूले ढाँटको पक्षमा २९–२८ को…