ग्वाङझाउ । चीनको एक चिकित्सा टोलीले फाइभजी प्रविधि जडित रोबोटको प्रयोग गरी करिब चार हजार किलोमिटर टाढा रहेका बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । यसले दूरदराजका क्षेत्रमा समेत विशेषज्ञ चिकित्सा सेवा पुर्याउन सकिने सम्भावना देखाएको छ । उत्तरी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको उरुम्कीस्थित एक अस्पतालमा दक्षिणी सहर ग्वाङझाउका शल्यचिकित्सकहरूले रोबोटिक हातलाई टाढैबाट…