प्रिय धु्र्मु-सुन्तु, श्रद्दाका सलामीहरु अनि धेरै धेरै माया.....! हिजो तिमीहरु दुबैले डोकोभरि ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति उर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला । तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भुगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै…