मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा नेपाली पुरुषको तुलनामा महिला किन हँसिला –खुशीला हुन्छन ?

अमेरिकामा नेपाली पुरुषको तुलनामा महिला किन हँसिला –खुशीला हुन्छन ?


नेपाल बाट मात्र हैन बिश्व बाट नै अमेरिका आउन चाहन्छन l सबैले अवसर पाउदैनन l पैसाले अमेरिका आईदैन l भगवानको साथ हुनु पर्छ l चन्द्रमा दाहिने हुनु पर्छ l पुर्पुरोमा लेखको हुनु पर्छ l

 

तुलनात्मक रुपमा अमेरिका आएका पुरुष भन्दा महिला अधिकासं हँसिला – खुशीला देखिन्छन l हुन् त पुरुष पनि हँसिला खुशीला नहुने चाही हैन तर महिलाहरु ज्यादा यस्तो देखिन्छन l

 

अमेरिका भनेको साच्चै नै अवसरको भुमि रहेछ l काम गर्छु भन्नु मात्र पर्छ काम नपाइने भन्ने हुदै हुदैन l जुन सुकै उमेरका पुरुष तथा महिलाले पनि काम पाउन सक्ने देश नै अमेरिका l अमेरिकामा महिला किन हँसिली खुशीली देखिन्छन भने जीवनमा कहिले काम नगरेको महिलाले पनि अमेरिकामा डलर मौकामा कमाउछन l अनि हँसिली खुशिली नहुनु भन्ने त कुरै भएन l कमाईको कारण महिलाको अनुहार सदैब उज्यालो हुन्छ l

 

कहिले काम नगर्ने या नलगाईएको या काम गर्ने अवसर नपाएका महिलाले अमेरिकामा आम्दानी भए पछि आर्थिक रुपले बलिया हुन्छन l महिलामा आर्थिक सशक्तिकरण हुन्छ l नेपालमा चुला चौका गर्ने महिला अमेरिकामा बाहिर दुनिया देख्दछन l उनीहरु नेपालमा झ्याल खानामा बसी झैँ हुने भएता पनि अमेरिकामा हरेक कुरामा स्वतन्त्रता हुने हुनाले महिलाले सिक्ने मौका पाउद्छन l यस्तो पो दुनिया रहेछ भनि हँसिला – खुशीला हुन्छन l

 

अमेरिकामा महिलाले पनि काम गर्नु पर्ने र कमाउने बाटो हुनाले नेपालमा जस्तै पतिले दिए भने घर चल्ने हुदैन l लोग्ने ले दिए भने मात्र लुगा किन्ने ,नदिए नकिन्ने भन्ने कदापी हुदैन l अमेरिकामा कमाई हुनाले आफुले चाहको जस्तो निर्धक्क साथ किन्न पाईने हुनाले महिला त्यसै हँसिला –खुशीला देखिन्छन र हुन्छन l

 

नेपालमा रहुन्जेल सदैब भाडा माझ्दा माझ्दा हैरान भएको अवस्थामा अमेरिकामा त्यो गर्नु पर्दैन l खान मज्जा आएता पनि भाडा मोल्नु पर्दा टाउको दुख्छ तर अमेरिकामा ठुला भाँडा अधिकाश पुरुषको भागमा पर्ने हुनाले महिलालाई केहि राहत भने चै हुन्छ l यन्त्रले भाडा माझि दिन्छ l अनि हँसिली खुशीली नहुने कुरै भएन l नेपालमा पानीको समस्या र त्यो पद्धति सबै ठाउँमा नहुने हुनाले अमेरिकामा भाडा माझ्ने नै यन्त्रले हो l

नेपालमा नदि ,नला ,नहर ,धारा ,ढुंगे धारा आदिमा लुगा धुँदा धुँदा हैरान र कायल परेका महिलालाई अमेरिकामा स्वर्ग भएको छ l लुगा धुने यन्त्रले धुने भए पछि घुंडा दुख्ने जिउ दुख्ने सवाल नै हुँदैन l यस्तो कठिन काम बाट मुक्त भए पछि महिला त्यसै हँसिला – खुशीला हुन्छन l मन नै प्रसंन्न भएको देखिन्छ l

Good-smile-after-lip-scrub

नेपालमा सदैब बच्चा आमाले मात्र हेर्ने हुनाले अमेरिकामा पुरुषले आमा जस्तै हेरी दिन्छन l पाठशाला पुरयाई दिन्छन l त्यहाँ पनि महिला मुक्त र स्वतन्त्र हुन्छन अनि भित्र देखि मन देखि खुशी हुन्छन l अधिकांस महिलाहरु हँसिली खुशीली देखिन्छन l

 

अमेरिकामा पुरुषले नेपाल जस्तो महिलालाई हेप्न पाउदैनन l बरु महिलाले हेप्छन पुरुषलाई l केहि गर्न कानुनले दिदैन l अलिकति यताउति गरे भने प्रहरी पनि बोलाईञ्छ l अनि महिलालाई साह्रै आनन्द हुन्छ l अनि हँसिला – खुशीला हुन्छन l अर्को कुरा पुरुषले नेपाल जस्तो आफु मात्र बाहिर जाने चलन हुदैन साथमा पत्नीलाई पनि संगै लाने चलन हुन्छ l त्यहाँ पनि महिला खुशी हुन्छन l आनन्द हुन्छ महिलालाई l किनमेलमा जाँदा पनि भारी बोक्नको लागि पतिलाई लाने हुनाले भारी पनि नेपाल जस्तो बोक्नु परेन l

 

नेपालीका कैयौ घरमा पति भन्दा पत्नीले ज्यादा कमाउने हुनाले पतिले ज्यादै माया गर्ने पनि देखिन्छ l नेपालमा लोग्ने मात्र कमाएर सित्तैमा आफ्नी स्वास्नीले खाएर बसेकी सोच्ने पुरुषको लागि पाठ भएको छ l अनि मेहनत गरेर कमाएर पति र सन्तानलाई खुवाउन पाउँदा महिला त्यसै हँसिली खुशीली हुन्छन l जीवनमा आफ्नो निजि गाडी कहिले नहोला भन्ने महिलाहरुले पनि अमेरिकामा गाडी परिवारले किन्दा मन अत्यन्तै खुशी हुन्छन l त्यसमा पनि आफैले गाडीको चालक अनुमति चालक पत्र पाउँदा दंग हुन्छन किनभने नेपालमा पुरुषले चलाए मात्र काम चल्ने हुनाले महिलाले कुदाई रहनु नपर्ने हुन्छ l अमेरिकामा कुदाउन पाउँदा मन खुसि हुन्छ अनि हँसिला खुशीला त्यसै हुन्छन l

 

नेपालमा भोज भतेर बाहेक सास ससुरा भएको घरमा बाहिर खाने चलन कम हुन्छ तर अमेरिकामा न कचकच गर्ने सासु नै हुन्छिन त्यसैले अमेरिकामा पकाई रहनु पनि पर्दैन बाहिर पनि प्रसस्त खाने चलन छ l तरकारी काट्नु परेन ,माड काट्नु परेन ,चौलानी को झन्झट नै भएन अनि महिलाहरु हँसिली खुसिली नदेखिए को पुरुष देखिन्छन त ?

iStock_white-smile-red-lips

नेपालमा सासु ,ससुरा जेठाजु ,परिवार ,आफन्त ,कुटुम्ब तथा सामाजिक कारणले जस्तो पायो त्यस्तो वस्त्र लगाउन मिल्दैन तर अमेरिकामा कसैको भय हुदैन l जस्तो लुगा लगाए पनि जस्तो प्रकारका वस्त्र लाए पनि टोक्ने कोहि हुदैन l महिलालाई आफुले रोजेको र मन परेको लुगा लगाउन पाए त्यो भन्दा खुशीको क्षण केहि हुदैन l अनि मन दंग हुन्छ l अनि अमेरिका आएका महिला हँसिला खुशीला त्यसै हुन्छन l

 

अमेरिकामा पुरुषले थिचोमिचो गरे महिला सहन सक्दैनन् l द्वन्द भए र बिस्तारै घर बिग्रने पनि हुन सक्ने हुँदा सतर्क हुनु पर्ने पनि हुन्छ l नेपालमा पुरुष मात्र ज्यादा राती हिड्ने प्रचलन भएकोले अमेरिकामा आएका त्यी महिलाहरु मस्त ले राति घुम्न कसैले छेक्दैन l धित मर्ने घुम्न पाए पछि महिला त्यसै दंग l अनि महिलाहरु हँसिला –खुशीला हुन्छन l

 

वर्तमान अवस्थामा नेपाली समाजमा आमुल परिवर्तन भएको छ l सोच र विचारमा परिवर्तन भएको छ l महिला र पुरुष बराबर जस्तो अवस्था पनि आई सकेको छ l महिला कुनै कुरामा कम्जोर छैनन् l पहिलेको जस्तो एकल पितृ सतात्मक सोच र विचार भएका पुरूषहरुको संख्या घट्दो छ l तर पनि अझ धंग धंगे भने छदै छ l

 

जतिसुकै महिलाको अवस्थामा नेपालमा राम्रो भएता पनि नेपाली महिलाहरु तुलनात्मक रुपमा अमेरिकामा निकै हँसिला – खुशीला देखिन्छन l