मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए प्रवक्ता रञ्जु वाग्ले भन्छिन् एनआरएनएमा समानुकुल परिवर्तन गर्नु पर्छ भन्ने छ

एनआरएनए प्रवक्ता रञ्जु वाग्ले भन्छिन् एनआरएनएमा समानुकुल परिवर्तन गर्नु पर्छ भन्ने छ


विदेशमा वस्ने नेपालीको संगठन गैर आवासिय नेपाली संघ (एनआरएनए)लाई आउने दिनमा कसरी अगाडी लैजाने भनेर वहस सुरू भएको छ । अमेरिकाको न्यूजर्सीमा गत महिना आयोजित नवौं क्षेत्रीय सम्मेलन यसैमा केन्द्रित थियो । अब समय अनुसार एनआरएनएलाई परिमार्जन र परिवर्तन गर्नु आवश्यक छ, भन्ने महसुस भएको छ र यही आधारमा छलफल वहस शुरु पनि भएको एनआरएनए प्रवक्ता रञ्जु वाग्लेले बताईन । 'केही न केही परिवर्तन गर्नुपर्छ भन्ने सवैलाई महसुस भएको छ,' हाल अमेरिकामा रहेकी वाग्लेले भनिन्-'यही भएर एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड विओण्ड मुख्य एजेण्डाका रुपमा प्रस्तुत गरिएको छ ।' 
 
सम्मेलनमा विज्ञ परामर्शदाता सुजिव शाक्यले भिजन २०२० वारेमा प्रतिवेदन छलफलका लागि राखेका थिए । 'उक्त छलफलमा विभिन्न प्रकारका नयाँ विचारहरु आएका छन, भविष्यमा एनआरएनएलाई अझ सशक्त वनाउने भन्नेमा धेरैले चासो देखाउनु भएको छ, सुझाव दिनु भएको छ,' वाग्लेले भनिन् . आउने सम्मेलनसम्ममा यो अझ परिष्कृत हुने छ । विदेशमा बस्ने नेपालीले सन २००३ मा एनआरएनए गठन गरेका थिए । 
 
अभियानका रुपमा गठन भएको यो संस्थाले शुरुमा विदेशमा वस्ने नेपालीका लागि नागरिकता निरन्तरता र नेपालमा लगानीलाई मुख्य एजेण्डा बनाएको थियो । स्थापनाको १३ बर्षमा एनआरएनएले विदेशमा वस्ने नेपालीको पहिचानमात्र वनाएन अहिले यो विश्वका ७० भन्दा वढी देशमा फैलिएको छ । सामाजिक कार्यमा पनि एनआरएनएले संगठित रुपमा नेपालमा सहयोग गरिरहेको छ । 
 
'संविधानमा एनआरएन नागरिकता दिन सकिने व्यवस्था राखिएको छ । एनआरएनए पैसा हुनेको मात्र संस्था भयो, नेपालका वारेमा मात्र बढी चासो देखायो भन्ने जस्तो गुनासो आएका छन्'-वाग्लेले भनिन् -'विदेशमा वस्ने नेपालीका लागि विदेशमा पनि अप्ठ्यारोमा सहयोग गरोस भन्ने आशा वढेको छ, यसका लागि संस्थापनि सक्षम हुनु पर्यो । यस्ता थुप्रै मुध्दा अहिले छन् यस्तै सेरोफेरोमा छलफल पनि भईरहेको छ । एनआरएनएमा पैसा हुने मात्र होइन बौद्धिक बर्ग युवा लगायत सवैलाई समेट्नु पर्छ भन्ने माग पनि छ'- उनले भनिन् ।
 
न्युजर्सीमा भएको कार्यक्रममा काठमाडौमा एनआरएनए सचिवालय निर्माणको लागि ९३ हजार अमेरिकी डलर वचत भएको थियो । विदेशमा नेपालीका अप्ठ्यारा हटाउन पनि एनआरएनएले काम गर्नु पर्ने वाग्लेको धारणा छ । नेपालको मुध्दामा मात्र होइन अब विदेशमा बस्दाका समस्या पनि सोच्नु पर्यो भन्ने छ-उनले भनिन् कतिपय देशमा नेपाली दुतावास छैन त्यहाँ एनआरएन अध्यक्षलाई समस्या पर्नेले सम्पर्क गर्छन, अप्ठ्यारोमा परेकालाई केही त सहयोग गर्नु पर्यो । आफ्नो स्थायी वसोबास रहेको अष्ट्रेलियाको उदाहरण दिदैं वाग्लेले त्यहाँ समस्यामा पर्ने नेपालीलाई सहयोग गर्न कोष वनाईएको बताईन् । 
 
अमेरिकामा एनआरएनएको नेतृत्व लिने सक्षम र क्षमताभएका व्यक्तिहरु आफुले देखेको उनले बताइन् । 'अमेरिकामा वस्ने नेपालीले पनि एनआरएनको नेतृत्व गर्न सक्षम व्यक्ति छन् क्षमता छ, वाग्लेले भनिन् तर, यसका लागि नेतृत्व गर्न चाहनेले सकृयता पनि देखाउनु पर्छ ।'
 
नेतृत्व दिनका लागि सकृयता र पहल दुवै आवश्यक हुने उनले बताइन् । एनआरएनमा वढी सदस्य भएर पनि अमेरिकाले अहिलेसम्म महत्वपुर्ण पद पाएको छैन । एनआरएन अमेरिकामा विवादहरु आउनु विडम्वना भएको उनले वताइन् । 
 
अमेरिका वसाईको क्रममा एनआरएन अमेरिकाका विभिन्न च्याप्टरमा भएका अन्तकृयामा सहभागी वाग्ले सहभागी थिइन् । पदाधिकारी र सवै एनआरएनमा आवध्द विधान अनुसार चल्नु पर्नेमा उनको जोड छ । सदस्यता विवाद समस्या अमेरिकामा मात्र होइन अरु ठाउँमा पनि रहेको बताउँदै उनले विधान अनुसार काम गर्ने हो भने यो पनि समाधान गर्न सकिने बताइन् । 
 
एउटा आईपी ठेगानावाट निश्चित संख्यामा मात्र सदस्य बनाउन पाइने, सदस्यता शुल्क एउटै कार्डवाट धेरैले गर्न नपाउने, सदस्यका लागि फारम भर्दा विद्यान अनुसार एनआरएन भएको देखिने प्रमाण माग गर्न सकिने जस्ता उपायहरु रहेको उनले बताइन् । 
 
'एनआरएनका च्याप्टर वनाउँदा विधान सम्मत छ छैन यो पनि खट्केको छ,' उनले भनिन् । उनले अमेरिकामा विभिन्न च्याप्टरका कार्यक्रमा सहभागी हुँदा यस्तै सुझाव दिएकी थिइन् । एनआरएन अमेरिका डलास च्याप्टरमा हालै आयोजित कार्यक्रममा वाग्लेले अमेरिकामा सदस्यताका वारेमा विवादहरु रहेको आफुले महसुस गरेको वताएकी थिईन् । 'बिद्यार्थी, भ्रमण र अस्थाई भिषामा रहेकाले एनआरएनको सदस्यता लिन योग्य हुँदैनन्,' उनले भनिन् ।
 
सदस्यता लिएर मैले के योगदान गरीराख्या छु त ? भन्ने प्रश्न उठ्न सक्छ । हरेक देशको एकजना सदस्यबाट लिएको मध्य ५ डलर शुल्कले गैर  गैरआवासिय नेपालीको अफिस स्टाफको तलव मा जान्छ । जसले काठमान्डौंमा हुने हरेक पोलीसी लेभल लगायतमा काम गर्छन । जति धेरै स्टाफ राख्न सक्यो त्यति काम सरल हुन्छ । साथै रोजगारी  पनि पाउँछन् । सदस्यता शुल्कलाई चुनावी महत्व मात्र नठानी आफ्नो केही दायित्व नेपाल देश र नेपाली को लागी पनी प्रयोग भएको सम्झेर मेम्वर हुन आग्रह गर्नुभयो I