धन्न फेसबुक थियो, अब राज्य नै हातमा छ

धन्न मार्क जुकरबर्गले फेसबुक बनाइदिए । नत्र मध्यरातमा स्टाटस लेखेर देश चलाउने सपना देख्न पाइन्थ्यो ? कसैलाई भ्रष्ट भन्न, कसैलाई चोर करार गर्न र आफ्ना असन्तुष्टि हजारौँ मानिससम्म पुर्‍याउन सजिलो कसरी हुन्थ्यो र ? प्रविधिले दूरी घटाउँछ–कहिले बाटोको, कहिले सूचनाको, कहिले अभिव्यक्तिको । हजुरबाको पालामा पुगौँ न । उहाँहरू भन्नुहुन्थ्यो– पोखराबाट काठमाडौँ पुग्न हप्तौँ लाग्थ्यो…