बिरानो आकाशः शून्यबाट सुरु हुने अमेरिकन जीवनमा अरूको आस गरेपनि भर नपर्दै बेस !

आज बिहानै चिनजान गरेका मित्रले फोन गरे । फोनमा भलाकुसारी हुन नपाउदै उनले भने ! सर  तपाईलाई वधाई छ । म अक्क न बक्क हुँदै सोच्न थाले र मेरो ध्यान नयाँ सुरुगरेका कामको परिणामको सफलता तिर गयो । तर कुरो अन्त बसाईं सर्ने निम्तो-पत्रको पहिलो चिठीको रहेछ । म भन्दा पहिले उनीले थाहा पाएका रहेछन्…