काठका खुट्टा र ढुङ्गाको मुटु लिएर

‘कुनै पनि प्राविधिकले सर्भे ,लेआउट ,निर्माण र सुपरिवेक्षणको क्रममा आफूलाई काठका खुट्टा र ढुङ्गाको मुटु भएको मान्छे सम्झनुपर्छ ।’ हामीले यस्तो भनाई क्यापस पढाउने गुरुहरु र तालीम दिने प्रशिक्षकहरुबाट बारम्बार सुन्दै आएका थियौं । काठका खुट्टा भएका बस्तुहरु कहिल्यै नबसेजस्तै प्राविधिकहरु पनि आफ्नो कार्यक्षेत्रमा खटिएको बेला कहिल्यै थाक्दैनन् र आराम पनि गर्दैनन् भन्ने अर्थमा यसो…