गुरु दुई ओटा अक्षरले बनेको एक पूर्ण शब्द हो । गु को अर्थ अन्धकार र रु को अर्थ प्रकाश हुन्छ । सिङ्गो शब्द गुरुले अन्धकारमा प्रकाश फैलाउने व्यक्ति भन्ने बुझिन्छ । अन्धकाररुपी अज्ञानतामा प्रकाशरुपी ज्ञान फैलाएर कुनै व्यक्तिलाई शिक्षित बनाउनेवालाको नाम गुरु हो । शास्त्रमा भनिएको छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । …