ड्यालस (अमेरिका) । बुद्ध जयन्तिको अवसरमा आइतबार अमेरिकाको ड्यालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा प्रभातफेरि सहित विशेष कार्यक्रम सम्पन्न भएको छ । भगवान बुद्धको प्रतिमा सहितको सांस्कृतिक झाँकीले पशुपतिनाथ तथा बुद्ध मन्दिर परिक्रमा गरेको थियो । बौद्ध धर्मका गरुहरु सहित बाजागाजा सहितको नेपाली पोशाकमा रहेको झाँकी सहितको टोली मन्दिरमा पुगेर ध्यान, प्रवचनमा संलग्न भएको…