ड्यालस (अमेरिका) । टेक्ससमा नेपाली चिकित्सक तथा स्वास्थकर्मीहरुले सञ्चालन गर्दै आएको हिमालय हेल्थ क्लिनिकले आइतबार ६७ जनाको निशुल्क स्वास्थजाँच गरेको छ ।
हरेक महिनाको पहिलो र तेस्रो आइतबार निशुल्क रुपमा चल्ने क्लिनिकमा यसपटक मेडिकल र डेन्टल गरि ६७ जनाले सेवा प्राप्त गरेको क्लिनिकका कार्यकारी निर्देशक राज श्रेष्ठले जानकारी दिए । आइतबार पहिलो पटक निशुल्क फ्लु शट (खोप) सेवा पनि प्रदान गरिएको थियो ।
त्यस अनुसार २९ जनाले फ्लुशट लिएको समेत क्लिनिकले जनाएको छ । अर्को क्लिनिक आउँदो जनवरी १९ तारिक आइतबार हुनेछ ।
युलेसमा रहेको नेपाली मन्दिर (पशुपतिनाथ तथा बुद्ध मन्दिर) मा सुविधासम्पन्न ६ वटा कोठाहरुलाई प्रयोग गरेर क्लिनिकले समुदायलाई सेवा गर्र्दै आएको छ । टेक्ससमा नेपालीहरुको संख्या बढेसँगै नेपाली चिकित्सक, नर्सहरु पनि थपिएका छन् ।
आइतबारको क्लिनिकमा डा. झरना श्रेष्ठ, डा. शर्मिला श्रेष्ठ, डा. पूजा सैंजु, डा. युवराज भट्टराई र डा. रोजी राजभण्डारीले सेवा दिएका थिए ।
प्रतिक्रिया