अमेरिका समाचार

एआइले पत्रकारितामा पार्ने भूमिकाका विषयमा अन्तरकृया

एआइले पत्रकारितामा पार्ने भूमिकाका विषयमा अन्तरकृया


ड्यालस (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा शनिबार टेक्ससको युलेसमा प्रवासको पत्रकारितामा आर्टिफेसिएल इन्टेलिजेन्स, सामाजीक सञ्जालको भूमिका विषयमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख स्रोतव्यक्तिका रुपमा क्यानडाको ओटावा युनिभर्सिटीमा पत्रकारिताको अध्यापनरत डा. भानुभक्त आचार्यले पत्रकारहरुको लागि आउँदा दिनमा आर्टिफेसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) चुनौति र अवसर दुबै रहेको चर्चा गरे । आचार्यले एआईलाई प्रयोग गर्न जान्ने हो भने पत्रकारका लागि ठूलो अवसर रहेको र त्यसबाट तथ्य संकलन, भेरिभाई, नयाँ डिजाइनमा काम गर्न सकिने प्रशस्न संभावना रहेको उल्लेख गरे ।

Advertisement

प्रवासमा रहेर पत्रकारिता गर्दाका चुनौतिका विषयमा समेत आचार्यले प्रष्ट्याउँदै एआईको प्रयोग गर्दा पुरै भर पर्दा विगतमा भएका केही मिडियाले माफी माग्नु परेको दृष्टान्त पेश गरेका थिए ।

सोही अवसरमा नेपाल समाचारपत्रका पूर्ब सम्पादक तथा पत्रकारिताका प्राध्यापक कपिल काफ्लेले नेपाल बाहिर रहेका नेपालीभाषीका बच्चाहरुको भाषा, संस्कारका निम्ति नेपालीभाषामा प्रकाशित हुने अनलाइनहरुको अझै महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा एआईका विषयमा विद्यावारिधी गर्दै रहेका विजयराज भट्टराईले समेत भूमिकाका विषयमा प्रकाश पारेका थिए ।

नेजा अध्यक्ष सुरज भण्डारीको सभापतित्व र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा पूर्ब अध्यक्ष विकासराज न्यौपाने, भोला आचार्य,  नेपाली जनसम्पर्क समिति अमेरिका पूर्ब अध्यक्ष विष्णु सुवेदी, लगायतले अमेरिकाका सामुदायिक पत्रकारिता र चुनौतिका विषयमा धारणा राखेका थिए ।

शेयर गर्नुहोस:

729
Shares