मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

मेगामिलियन ज्याकपट एक अर्ब १५ करोड डलर पुग्यो

मेगामिलियन ज्याकपट एक अर्ब १५ करोड डलर पुग्यो


अमेरिका । दुई डलर खर्च गरेर झण्डै खरबपति बन्न सकिन्छ । तर, यसका लागि संयोग भने मिल्नुपर्छ । अमेरिकामा क्रिसमसको समयमा खेलाइने मुख्य चिठ्ठामध्ये एक, मेगामिलियन ज्याकपटको पुरस्कार रकम एक अर्ब १५ करोड अमेरिकी डलरभन्दा माथि पुगेको छ। नेपाली रुपैयाँमा यो झन्डै साढे एक खर्बबराबर हुन्छ ।

केही दिनयता मेगामिलियन ज्याकपट कसैले जित्न नसकेकाले पुरस्कार राशि बढ्दै गएको हो । दुई डलर खर्च गरेर एउटा मेगामिलियन टिकट किन्नुभयो र त्यहाँ भएका ६ वटा नम्बरको संयोग मिल्यो भने तपाईं अत्यन्त भाग्यमानी हुनुहुनेछ । यसले तपाईंलाई विश्वकै धनी व्यक्तिहरूमध्ये एक बनाउने छ । तर, यो ज्याकपट करोडौँ सहभागीहरूमध्ये एक जनाले मात्र जित्ने सम्भावना हुन्छ ।

Advertisement

गएको मार्च महिनामा पनि मेगामिलियन ज्याकपट एक अर्ब डलरभन्दा माथि पुगेको थियो । न्यूजर्सीको एउटा स्टोरबाट बिक्री गरिएको मेगामिलियन टिकटले उक्त ज्याकपट जितेको थियो । विजेताले गत साता मात्र उक्त ज्याकपट दाबी गरेका छन्।

ज्याकपटको रकम एक अर्ब डलरभन्दा माथि भए पनि विजेताले सबै पैसा हातमा भने पाउँदैनन् । यसमा विभिन्न कर तिर्नुपर्छ। तर, पनि ५० करोड डलरभन्दा बढी रकम हातमा पर्छ, जुन आफैँमा निकै ठूलो रकम हो ।

ज्याकपटबाहेक अन्य विभिन्न पुरस्कारहरू पनि छन्। त्यसैले, यदि ज्याकपट नपरे पनि किनेको चिठ्ठाको नम्बर घोषणा गरिएका नम्बरहरूसँग मिलाएर हेर्नु पर्छ । सानो(माझो रकमको पुरस्कार परेको हुन सक्छ।

मेगामिलियन दुई डलरमा किन्न पाइने यो अवसर झन्डै अन्तिम हो । आउँदो वर्षदेखि यसको मूल्य ५ डलर हुनेछ । तर, ज्याकपट र अन्य पुरस्कार रकम भने बढ्नेछ । अमेरिकामा वासिङ्टन डिसीलगायत ४५ राज्यमा मेगामिलियन चिठ्ठा किन्न सकिन्छ ।

शेयर गर्नुहोस:

2.2k
Shares