मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

जनसम्पर्कको अधिवेशन चाँडै हुन्छ (भिडियो सहित)

जनसम्पर्कको अधिवेशन चाँडै हुन्छ (भिडियो सहित)


ड्यालस (अमेरिका) । नेपाली कांग्रेस जनसम्पर्क समिति विभाग प्रमुख किरण पौडेलले प्रवासमा रहेका पार्टी निकट संस्था जनसम्पर्क समितिको विवाद र अधिवेशन चाँडै हुने आश्वासन दिएका छन् ।

शनिबार टेक्ससको ड्यालसमा जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ च्याप्टरले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पौडेलले उक्त आश्वासन दिएका हुन् । ‘जनसम्पर्क समितिको सदस्य हुन जोसुकैले पनि मिल्छ । तर पार्टीको महाधिवेशन र महासमितिमा सहभागी हुन भने संविधान, कानुन अनुसार नमिल्ने मात्र हो’ उनले भने ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्षको भिसा पाउने सन्दर्भमा हालैमात्र नेपाल सरकारले जारी गरेको अध्यादेशको सन्दर्भमा पौडेलले आफूलाई यसबारेमा वृस्तृतमा जानकारी नभएको प्रष्ट पारे । उनले नेपाल सरकारले केही महिना अघि निर्णय गरेको बाणिज्य दुतावास ड्यालसमा स्थापना हुने र त्यसको लागि परराष्ट्र मन्त्रालयबाट कर्मचारी दरवन्दी समेत स्विकृत भैसकेको उल्लेख गरे ।

‘म यता आउनु अघि परराष्ट्र मन्त्रालयसँग यो विषयमा जानकारी मागेको थिएँ । उहाँहरुले टेक्ससको ड्यालसका लागि दरवन्दी स्विकृत भैसकेको र क्यालिफोर्नियाको हकमा कहाँ राख्ने भन्ने बारेमा निधो भैसकेको रहेनछ’ उनले भने ।

विपी कोइरालाले सुरु गरेको मेलमिलाप दिवस तथा पृथ्बी जयन्तिका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्ब अध्यक्ष समीरजङ्ग शाहले नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुलाई देशको आर्थिक, शीपको हिसाबले पुँजीका रुपमा लिएर नीति बनाउनुपर्ने आफूले महसुस गरेको बताए ।

भारतले बिभिन्न कालखण्डमा विदेशमा रहेका भारतीयहरुलाई झिकाएर उनीहरुसँग आर्थिक र शीप लिएर अहिलेको अवस्थामा आइपुगेको हो । नेपालले पनि त्यो राम्रो कुरालाई पछ्याउन जरुरी छ उनले भने ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले एनआरएन नागरिकतावाहकले भिसा लिनुपर्ने प्रावधान राखेर चिढ्याउने काम भएको टिप्पणी गरे ।

जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका अध्यक्ष ज्ञानेन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समितिका पूर्ब अध्यक्ष विष्णु सुवेदी, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष गोकर्ण दाहाल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष डा. प्रेम अधिकारी, जनसम्पर्क समितिका उपाध्यक्ष भगवान मैनाली लगायतले प्रवासी नेपालीको अवस्था र नेपाललाई गर्न सक्ने योगदानका विषयमा चर्चा गरेका थिए ।