ड्यालस (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आइतबार टेक्ससको ड्यालसमा साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ ।
अंग्रेजी नयाँ वर्ष प्रवेशको सँघारमा आयोजना गरिएको कार्यक्रममा स्थानीय साहित्यकारहरुले चोटिला कविता र गजलहरु प्रस्तुत गरेका थिए । प्रगतिशिल साहित्यकार तथा भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका सदस्य शशि किरण रेग्मी (रह शर्मा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विमल पँगेनी, लिला श्रेष्ठ, धनञ्जय ढकाल, सविता सुवेदी, प्रवासी सुमन, ईश्वरी रिजाल, भोजबहादुर बलायर, वेदनिधि दाहाल, टीका शिवाकोटी, कुमार तामाङ्ग, लिलु गुरुङ्ग, विजयराज भट्टराइ, पवन लामिछाने, भीम कार्की लगायतले आफ्नो रचना सुनाएका थिए ।
कार्यक्रममा अनेसास ड्यालस च्याप्टरका संस्थापक अध्यक्ष भीम कार्कीले साहित्य लेखनमा सबैभन्दा मुख्य कुरा साहस चाहिने र लेखन भन्दा पनि बढी साहस आपूmले गरेको रचना सुनाउनका लागि चाहिने उल्लेख गर्दै सुस्ताएको प्रवासी साहित्यलाई तातो बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथी रह शर्माले साहित्यलाई समाजको ऐना भनिएपनि सहभागिता हेर्दा निकै पातलो भएपनि उत्कृष्ठ रचनाहरु सुन्न पाएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमको निरन्तरताको कामना गरे ।
अनेसास ड्यालस च्याप्टर अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको कार्यक्रम सचिव सुमन कार्कीले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया