भट्टराईद्वारा एमाओवादी पार्टी परित्याग

काठमाडौँ । एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेका छन् । भट्टराईले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर साधरण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । संविधान जारी भएयता पार्टी अध्यक्ष प्रचण्डसँग गम्भीर मतभेद जनाउँदै आएका भट्टराई सांसद्बाट पनि परित्याग गरेका छन् । पत्रकार सम्मेलनअघि साधरण सदस्यसमेत नरहने गरी…