मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल–भारत सम्बन्ध : बढ्यो अरु तनाव

नेपाल–भारत सम्बन्ध : बढ्यो अरु तनाव


काठमाडौं, सेप्टेम्बर ३० । नेपाल–भारत सम्बन्ध सुध्रिनेभन्दा पनि अरु बिग्रने क्रम तिब्रगतिमा अगाडि बढेको छ । भारतको अघोषित नाकाबन्दीविरुद्ध नेपालमा जनआक्रोश चुलिएर भारतको राष्ट्रिय झण्डा जलाउन थालिएको छ भने भारतले पनि आफ्नो मुलुकको राष्ट्रिय झण्डा जलेको टुलुटुलु हेरेर बस्न नसकिने भनेर चेतावनी दिएको छ ।
केही दिनयता पोखरालगायत नेपालका विभिन्न भागमा भारतको झण्डा र सरकार प्रमुखको पुत्ला जलाइएकोमा काठमाडौंमा मंगलबार भारतीय राजदूत रणजीत रेले पत्रकार सममेलन गरेर नै गम्भीर आपत्ति जनाए ।
नेपालमा भारतको झण्डा जलेको कुनै पनि भारतीयलाई सैह्य नहुने र त्यसले भारतमा नेपाल विरोधी भावना बढाउन मदत मात्र पुग्नेछ, राजदूत रेले भने ।नेपालविरुद्ध भारतले नाकाबन्दी नलगाएको स्पष्टिकरण दिदै राजदूत रेले आन्दोलित नेपालीहरुले सीमा बन्द गराएकाले आपूर्ति प्रभावित भएको स्वीकारे । उनले नेपालको आन्तरिक समस्या नेपालले नै समाधान गर्ने हो भन्दै त्यसमा भारतले केही पनि नगर्ने बताए ।
यता, भारतीय राजदूतले पत्रकार सम्मेलन गरिरहेकै बेला नेपालले भने बंगलादेशबाट हवाइ इन्धन आपूर्ति गर्ने तयारी गरेको छ । सरकारले गठन गरेको उक सुभाव समितिले रसियन विमान लुइसिन आइएल–७६ भाडामा लिइ या चिनिया वा अमेरिकी सैनिक विमानको सहायतामा हवाई इन्धन आपूर्ति गर्न सुझाएको छ । त्यो पनि नभए एमआइ–१७ हेलिकोप्टरबाट इन्धन आपूर्ति गर्न सकिने समितिको सुझाव छ ।