मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टोडलर्स् इन्टरनेशनल प्रि स्कुललाई आइएमसीको सदस्यता

टोडलर्स् इन्टरनेशनल प्रि स्कुललाई आइएमसीको सदस्यता


काठमाडौंको तीनचुली बौद्धमा रहेको टोडलर्स् इन्टरनेशनल प्रि स्कुलले विश्वका विभिन्न मुलुकमा रहेका मन्टेश्वरी स्कुलहरुको छाता संगठन अन्तर्राष्ट्रिय मन्टेश्वरी परिषद् ( International Montessori Council, IMC ) को सदस्यता पाएको छ । टोडलर्स् इन्टरनेशनल प्रि स्कुल IMC को सदस्यता पाउने नेपालको पहिलो शैक्षिक संस्था भएको प्रिन्सिपल सुवास लामाले बताउनुभयो ।
 
IMC को सदस्य भएसँगै अब टोडलर्स् इन्टरनेशनल प्रि स्कुलले अनलाइन मार्फत् मन्टेश्वरी स्कुल सफलतापूर्वक सञ्चालन गर्न आवश्यक पर्ने तालिम सहित पुस्तकालयको सुविधा उपभोग गर्न पाउने छ । क्ष्ःऋ को कार्यालय अमेरिकाको फ्लोरिडमा छ । IMC सँगको सहकार्यसँगै टोडलर्स् इन्टरनेशनल प्रि स्कुल अझ गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा विकसित हुने प्रिन्सिपल लामाले बताउनुभयो ।