मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वका नौ जिल्ला नटुक्र्याउन लिम्बूवान पार्टीको माग

पूर्वका नौ जिल्ला नटुक्र्याउन लिम्बूवान पार्टीको माग


काँकडभिट्टा (झापा) । सङ्घीय लिम्बूवान पार्टी नेपालले झापा, मोरङ र सुनसरीसहित अरुण पूर्वका नौ जिल्लाको लिम्बूवान भूभागलाई कुनै हालतमा टुक्र्याउन नपाइने धारणा सार्वजनिक गरेको छ । 
 
पार्टीका नेताहरूले आज झापाको विर्तामोडमा सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर लिम्बूवान टुक्र्याउन नदिने घोषणा गरेका हुन् ।
 
पार्टीका अध्यक्ष कुमार लिङ्देनले तत्काल संविधान संशोधन गरेर २०६४ साल फागुन १८ र चैत ५ गते सरकार र लिम्बूवानका राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न माग गर्नु भएको छ ।
 
पार्टीका नेता तथा पाँचबुँदे सहमतिका हस्ताक्षरकर्ता सञ्जुहाङ पालुङ्वाले भारतको नाकाबन्दीको दबाबमा परेर झापा, मोरङ र सुनसरी जिल्लालाई मधेस प्रदेशमा मिसाइएमा अहिले मधेसमा चलेको भन्दा भीषण आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभएको छ । रासस