मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेसीले राज्यलाई कर नतिर्ने आन्दोलन थाल्ने

मधेसीले राज्यलाई कर नतिर्ने आन्दोलन थाल्ने


रौतहट । नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ । 
 
रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो ।
 
बैठकपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवद्वारा जारी संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण, अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई मधेसमा रहेका सरकारी कार्यालय, कर कार्यालय, वित्तीय संस्थालगायतका राजस्व बुझाउनुपर्ने निकायमा राजस्व नबुझाउने निर्णय गरिएको उल्लेख छ ।
 
साथै, विज्ञप्तिमा हालै राज्य वा राज्यद्वारा प्रायोजित निकायहरूले बन्द गरेको हिन्दी प्रसारण सेवालाई खुला गर्न पनि माग गरिएको छ ।
 
उक्त बैठकले तीन प्रमुख दलसँग भएको अनौपचारिक वार्ताको समीक्षा पनि गरेको बताइएको छ । रासस