मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नाकाबन्दीको विरोधमा केरा किसानद्वारा प्रर्दशन

नाकाबन्दीको विरोधमा केरा किसानद्वारा प्रर्दशन


चितवन । भारतीयले गरेको अघोषित नाकाबन्दीको विरोधमा चितवनका केरा किसानले शुक्रबार पूर्वी चितवनको रत्ननगरमा प्रर्दशन गरेका छन् ।

चितवन केरा उत्पादक संघले आयोजना गरेको सो शान्तिपूर्ण विरोध ¥यालीमा केरा किसान र स्थानीय व्यवसायीको सहभागिता रहेको थियो । भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभाव भई उत्पादित केरा बजार लैजान नसकेका केरा किसानहरुले भारतीय हस्तक्षेपको विरोधमा प्रर्दशन गरेका हुन ।

¥यालीमा सहभागीले नाकाबन्दी फिर्ता गर, अन्तर्राष्ट्रिय कानुनको पालन गरौँ, भारतीय हस्तक्षपको विरोध गरौँ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

रत्ननगरको बकुलहरबाट सुरू भएको ¥याली टाँडीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा संघका अध्यक्ष विष्णुहरि पन्तले इन्धन अभावले केरा किसानहरुले ठूलो आर्थिक घाटा व्यहोर्नु परेको भन्दै नाकाबन्दी नहटाए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।