काठमाडौँ । एकीकृत नेकपा(माओवादी)ले नयाँ संविधानसभाबाट प्राप्त भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र सामाजिक न्यायलगायत जनताका महत्वपूर्ण उपलब्धिको रक्षा गर्न अपिल गरेको छ । नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन करिब सात दशकदेखि गर्दै आएको निरन्तरको सङ्घर्षको परिणामस्वरुप संविधानसभाबाट नयाँ संविधान घोषणा भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संरक्षण सबैसँग आग्रह गरिएको छ । पार्टी…