२०६२/६३ को जनआन्दोलनको जगमा २०६५ जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको थियो । आजको दिनले नेपाली जनताको भाग्य र भविष्य निर्धारण गरेको छ । नेपाली नागरिकले सामन्ती र अधिनायकवादी राजसंस्था अन्त्य गरी गणतान्त्रिक शासन, संस्कार र शैलीको अपेक्षा गरेका छन् । मुलुक…