राप्रपाले जेठ १५ गते आफ्ना कार्यकर्तालाइ काठमाडौँ आउन उर्दी जारी गर्यो । राप्रपाले जनजीविकाको सवाललाइ लिएर होइन, लोकतन्त्रलाइ बलियो बनाउन र भ्रष्टाचारलाइ निमिट्यान्न पार्न पनि कार्यकर्ता उतार्न खोजेको थिएन । देशले २० वर्ष अघि नारायणहिटीबाट बिदा गरेको राजतन्त्रलाइ ल्याउन र जनताबाट प्रजा हुने रहरले राजधानी शहरलाइ फेरि रणमैदान बनाउने ध्येय मात्र थियो भन्नलाइ कुनै हिचकिचावट लिनुपर्ने अवस्था छैन ।
बैशाखको लहर देखेर उत्साहित पञ्चायतमा हालीमुहाली गरेका एक समूहले आफ्नो हैसियत जेठ १५ गते हैसियत राम्रैसँग बुझ्ने अवसर पायो । जसले गर्दा अब अर्को चरणको आन्दोलनको खाकानै तयार नभै गतिविधी नै तुहिएको छ ।
दुर्गा प्रसाईको कमाण्ड र राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष तथा पञ्चायत नीति तथा जाँचबुझ समितिका संयोजक नवराज सुवेदीबाट राजा ल्याउने आन्दोलन शुरु भएर प्रा. डा जगमान गुरूङ्गको कमान्डसम्म आईपुग्दा राजा फर्काउने वा नयाँ राजा रल्याउने भन्ने आन्दोलन अनिश्चयको भूमरीमा परिसक्यो । अझ राजा ल्याउनेका नाइके बनेका दुर्गा प्रसाइ जेल चलान भैसकेपछि यो अान्दोलन छिन्नभिन्न हुन पुगेको छ ।
महाराजले तुलसी गिरी पनि ट्राई गरि बक्सेकै हो अब नबराज सुबेदीको घोडा चडेर ल्याउने भनिएको राजतन्त्रमा रबिन्द्र मिश्र र प्रसाई जस्ता घुमन्तेहरुको रजगज मात्र हुनेछ । जनतालाई २०४७ सालको संबिधान को प्रयोग गर्न नदिन दरबार र माओबादी मिलेको सिर्फ संयोग मात्रै नहुन सक्छ ! धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट बनाउन ०४७ को संबिधान पुनर्स्थापना हुँदा जनताले जित्छन। राजा त नभनौ “संस्था“ सम्म राख्दा फरक पर्दैन ।
नेपाली कांग्रेस केपी ओलीको नेतृत्वमा आधा हिस्साको सरकार हो । जश र अपजश बराबरी बोक्नु पर्छ । तर प्रघानमन्त्रीले गरेको अलोकप्रिय कामको भारी नेपाली कांग्रेसले बोक्नुहुन्न र नेपाली कांग्रेसले पनि आफ्ना पार्टीका मन्त्रीहरुले गरेको गल्ती ढाकछोप गरेर सत्ता लम्ब्याउने खेतीपाती गर्नु हुन्न । जलस्रोत मन्त्रीले के गरे र के गर्नु पर्ने थियो जनताले त्यती बुझ्न चाहँदैनन् । जनताले कुलमान गएका कारण बत्ती गएको मात्रै बुझ्दछन ।
दिपक खड्काले आफ्नो बिबादास्पद छबिको सफाई जनता र पार्टीलाई दिनु पर्दैन ? पूर्ब गृहमन्त्री जेलमा छन, सहकारीको मुद्दाको चाङ्ग छन् । देशी बिदेशी पासपोर्टको काण्ड छ । बिपक्षमा बस्दा नेपाली कांग्रेका सांसदहरुले बोलेका शब्द शब्दका भिडियोहरु मानिसहरुका फोनफोनमा छन । गृहमन्त्री रमेश लेखकको हिजोको स्वच्छ छबिको पहिचानको परिक्षा दिन ढिलो गर्नुहुन्न । यदि अहिले उठेका मुद्दाहरु कथम कथाचित प्रमाणित भयो भने नेपाली कांग्रेसको नियतिमै खोट लाग्नेछ ।
नेपाली कांग्रेसबाग गृहमन्त्री भएकाहरू अधिकांश जेल गएका छन । किन ? जनतालाई यो प्रश्नको जवाफदिन नेपाली कांग्रेसले निकै ठूलो पापड बेल्नु पर्ने हुन्छ । प्रबासमा बस्ने मेरो आस्थाको धरोहर नेपाली कांग्रेसको अलिअलि बचेको साख पनि सक्याउने भए । हिजो सकृय हुँदा भन्दा आज शुभेच्छुक भएपछि झनै माया लाग्दो रहेछ । मेरो बाजे पुस्ता देखिको लगाव र लगानी छ यसमा । २०४६ सालमा प्रतिबन्धित अबस्थामा हाईस्कुल पट्दै गर्दा एउटा केटो पक्राउ परेको थियो । सम्पूर्ण घ्याम्पेशाल क्षेत्र त्यसको साक्षी छ । ०६२/६३ मा सिंहदरवार भित्रै बिद्रोह गरेको थिएँ । तत्कालिन मन्त्री रबिन्द्र खनाल साक्षी हुनुहुन्छ । उहाँकै सद्भावले जोगिएको थिएँ । भला उहाँकै बिरुद्द आन्दोलन गरेको थिए ।
अन्तमा,
वर्तमान अवस्थामा नेपालमा कृयाशील दलहरू जनतालाइ जसरी हुन्छ भ्रममै पारिराख्न असाध्यै सिपालु देखिएका छन् । कांग्रेस, एमालेका नेताहरू मात्र होइनन् । छु मन्तर शैली अपनाएर लोकप्रियताको सिँढीमा एकै पटक माथि पुगेका स्वतन्त्र पार्टी समेत भ्रममा राख्न कम्ति छैन ।
रास्वपा र रबि लामिछानेहरु जनतालाई भ्रमित पार्ने, पूर्ब पञ्चहरू राजाको सेतो हात्ती देखाउने, माओवादीहरू सत्ता बाहिर हुने बित्तिकै शसस्त्र युद्दको धम्की दिने, काग्रेस र एमालेहरु भ्रष्टाचारमा लिप्त हुने, दल भित्रका पढेलेखेका र केहि गर्लान भन्ने जस्ता लाग्ने युवाहरु पुराना भ्रष्ट र बृद्द नेताहरुको दास हुने, अनि जति ब्यबस्था परिवर्तन गरे पनि जनताको लागि काम चाहि कसैले नगर्ने, केही नसोच्ने परिपाटीले गणतन्त्र प्रति जनतामा मोह टुटेको देखिन्छ ।
जसलाइ समाधान गर्न कुनै ठूलो कामको जरूरी पनि छैन । मात्र इमान्दार र जनजीविकाको सवालमा गंभीर भएर काम गरिदिने हो भने राजा आउने होइन, कसैले सम्झिने अवस्था समेत आउनेछैन ।
प्रतिक्रिया