मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

इरान–इजरायल युद्धले अमेरिकी र विश्व अर्थतन्त्रमा पर्ने प्रभाव

इरान–इजरायल युद्धले अमेरिकी र विश्व अर्थतन्त्रमा पर्ने प्रभाव

- ओजेश उप्रेती


शेयर गर्नुहोस:

4.4k
Shares

  • change font
  • change font
  • change font

मध्यपूर्व क्षेत्र लामो समयददेखि अस्थिरताको केन्द्रबिन्दु रहँदै आएको छ। केही दिन अघि इजरायलले इरानमा गरेको मिसाइल हमला र प्रतिउत्तरमा इरानले तेलअभिभ लगायतका क्षेत्रमा गरेको हमलाले विश्वमा अब के होला भन्ने सन्त्रास व्याप्त छ ।
यदि इरान र इजरायलबीच पूर्ण युद्ध सुरु भयो भने यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव केवल त्यस क्षेत्रसम्म सीमित रहनेछैन । यसको असर अमेरिकी अर्थतन्त्रदेखि विश्वव्यापी आर्थिक स्थायित्वसम्म पर्नेछ। यो लेखमा यस्तै एक सम्भावित युद्धको अमेरिकी र वैश्विक अर्थतन्त्रमा पार्ने असरको चर्चा गरिएको छ। युद्धले निम्न अनुसार असर गर्ने संकेतहरू देखिएका छन् ।
कच्चा तेलको मूल्यमा वृद्धिः
इरान विश्वमा धेरै तेल उत्पादन गर्ने देशहरूमध्यमा पर्दछ । विश्वको झन्डै २० प्रतिशत कच्चा तेलको आपूर्ति इरानले गर्छ । युद्धको कारण आपूर्तिमा अवरोध आयो भने विश्वबजारमा कच्चा तेलको मूल्य आकाशिन्छ।
•अमेरिकामा पेट्रोलको मूल्य बढ्ने
•यातायात, ढुवानी, उत्पादन र उपभोग्य सामानहरू महँगा हुने
•त्यसको असर अमेरिकी उपभोक्ता मुद्रास्फीति (inflation) मा पर्नेछ
अमेरिकी बजारमा अस्थिरताः
युद्धको खबरले लगानीकर्तामा त्रास फैलाउँछ र तिनीहरूले सुरक्षित सम्पत्तिहरू (जस्तै: सुन, सरकारी ऋणपत्र) रोज्न थाल्छन्। यसले गर्दा शेयर बजारमा गिरावट ल्याउन सक्छ। तर रक्षा कम्पनीहरू (हतियार निर्माता) को स्टक मूल्य भने उचालिन सक्छ।
अमेरिकी मौद्रिक नीतिमा असरः
यतिखेर अमेरिकी केन्द्रीय बैंक (Federal Reserve) ब्याजदर घटाउने प्रयासमा छ। तर युद्धका कारण इन्धन मूल्य बढेपछि मुद्रास्फीति फेरि चर्किने सम्भावना हुन्छ। यसले ब्याजदर घटाउने प्रयासलाई अवरोध पुर्‍याउन सक्छ।
रक्षा खर्चमा वृद्धिः
यदि अमेरिका युद्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न भयो भने, सैन्य बजेट बढ्नेछ। यसले सामाजिक सेवा वा भित्री विकास परियोजनामा बजेट कटौती गराउने सम्भावना बढाउँछ।
विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावितः
इरानको भू-राजनीतिक स्थानका कारण युद्धले सामुद्रिक व्यापार मार्गहरू अवरुद्ध गर्न सक्छ। यसले चीन, भारत, युरोप जस्ता देशमा सामान ढुवानी ढिलो पार्न सक्छ। थपमा यसबाट वस्तुहरूको मूल्यमा वृद्धि र विश्वव्यापी आर्थिक मन्दी को जोखिम बढाउँछ
निष्कर्ष
इरान–इजरायल युद्धको प्रभाव केवल सैन्य दृष्टिकोणमा मात्र नभएर विश्वको आर्थिक ढाँचालाई समेत हल्लाउने सम्भावना राख्दछ। अमेरिका जस्तो शक्तिशाली अर्थतन्त्रलाई समेत यस्तो युद्धले तेल मूल्य, मुद्रास्फीति, स्टक बजार, र नीति निर्धारण मा गम्भीर असर पुर्‍याउन सक्छ। विश्वलाई चाहिएको कुरा अहिले कूटनीतिक समाधान र दीर्घकालीन स्थायित्व हो, न कि अर्को विनाशकारी युद्ध ।
(विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरूलाइ कम्पाइल गरि तयार गरिएको)

शेयर गर्नुहोस:

4.4k
Shares