केही वर्षयता मेरा केही चिनजानका, नाताकुटुम्ब, विद्यार्थीले जमघटमा राख्ने एउटा साझा जिज्ञासा छ । उहाँहरू सोध्नुहुन्छ–‘हायर अमेरिकी‘ प्राथमिकतामा परेपछि सूचना प्रविधिको काम त हामी जस्ता ग्रीनकार्ड, सिटिजन भैसकेकाहरूलाइ फालाफाल मिल्छ होला है ?‘ चारवर्षदेखि निरन्तर जारी यो प्रश्न सन्निकट अमेरिकी राष्ट्रपति चुनावको मुखमा अझै चर्को उठेको छ । साँच्चै अमेरिकीहरूलाइ सूचना प्रविधिको रोजगारीमा प्राथमिकता विगतमा…