मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कमजोर व्यबस्थापन र टेक्ससको हिमपात

कमजोर व्यबस्थापन र टेक्ससको हिमपात

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घिपछि पनि टेक्ससमा हिउँ पर्थ्यो । हरेक विन्टर (जाडो) मा टेक्ससमा पनि चिसो हुन्थ्यो । हाइवेहरुमा स्लिट (बालुवा आकारको हिउँ) पर्थ्यो । तर यसपटकको हिउँ, चिसो र स्लिट अलि फरक खालको रह्यो ।
 
संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्ससमा यसपटक यस्तो हिउँ पर्यो कि त्यसले असर नपारेको कुनै काउन्टी भएनन् । कुनै सिटी बाँकी रहेनन् । न्यानो समुद्र गल्फ अफ मेक्सिकोसँग जोडिएको ग्याल्भास्टन तट पुरै हिउँले तहस नहस भयो ।
 
क्षेत्रफलको हिसाबले नेपालभन्दा चारखण्ड ठूलो राज्य एकै पटक अस्तव्यस्त भयो । अमेरिकाको ठूला शहरहरूमा पर्ने ह्युस्टन ठूलो चपेटामा पर्यो । सामान्यतया अमेरिकामा लामो समयसम्म बिजुली जाँदैन । तर यसपटकको हिमआँधीले एकै पटक ४५ लाख ग्राहक बिजुली बिहिन भए । तापक्रमको मापक सेन्टीग्रेडमा गणना गर्दा माइनस १७ डिग्रीको अवस्था एकातिर रह्यो भने अर्कातिर बिजुली छैन । उसै त विन्टरमा अमेरिका प्रायः सबै राज्यहरुमा घरभित्र हिटिङ सिस्टम चलाउनुपर्छ । त्यसमाथि पानी जम्ने तापक्रम भन्दा पनि तल झरेको अवस्थामा बिजुली नहुँदा अवस्था निकै भयावह हुनपुग्यो ।
 
अघिल्लो आइतबार (फेब्रुअरी १४) बाट सुरु भएको हिमपातले ८० जनाको निधन भैसकेको सञ्चार माध्यमहरुले जनाएका छन् । चिसोले पानीका पाइपहरू भित्रै हिउँ जमेर फुटे । हजारौं घर जलमग्न भए । अझै पानीको व्यबस्थापन कतिपय सिटीले गर्न सकेका छैनन् । पाइप फुटेका घरहरु अझै बस्नयोग्य भैसकेका छैनन् ।
 
टेक्सस राज्य सरकारले यो प्राकृतिक प्रकोपलाई इतिहासकै सबैभन्दा ठूलो आर्थिक क्षती भएको घटना भनेर चित्रण गरेको छ । यसबाट भएको क्षतीको आकलन त भैसकेको छैन । तरपनि करोडौं डलरको क्षती भएको जनाइएको छ ।
अमेरिकामा मौसमको भविष्यवाणी ९९ प्रतिशत सही हुन्छ । टेक्ससभरि भारी हिमपात, हिमआँधी आउने पूर्वानुमान १० दिन अघिबाटै भएको थियो । तीन दिन अघि राज्य सरकार, गभर्नरले स्टेट इमरजेन्सी घोषणा गरे । तर त्यसको तयारी भने पटक्कै नभएको महसुस जोकोहीले गरेका छन् । हिमपात भएपछि उर्जाको माग बढी हुन्छ भन्ने तथ्यको ख्याल गरेर छिमेकी राज्यहरुबाट बिजुली आयात गरेको भए स्थिती यतिसम्म त्राशदीपूर्ण अवश्य हुने थिएन ।
 
टेक्सस राज्य सरकार हदैसम्म लापरवाह, बिना तयारी बसेको स्पष्ट देखियो । बिजुली बेच्ने कम्पनीहरु देखि लिएर ग्रीड सञ्चालन गर्ने कम्पनीहरु जनताप्रति अलिकति पनि उत्तरदायी देखिएनन् यस घटनामा । चिसोले मानिसहरु कठ्याग्रीएर बसिरहेको अवस्था कतिखेर बिजुली आउँछ ? कतिखेर पानी सुचारु हुन्छ ? भन्ने कुराको जानकारी समेत यी निकायले दिएनन् । अमेरिका जस्तो देशमा यतिसम्म गैर जिम्मेवार निकायहरु हुँदा रहेछन् भन्ने कुरा जनताले यतिखेर चाल पाएका छन् ।
जनता चिसोमा कष्टप्रद जीवन बितारहँदा टेक्सस राज्यबाट अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर टेड क्रुज सबैभन्दा गैर जिम्मेवार देखा परे । उनी चिसो र हिउँ छल्नका लागि न्यायो ठाउँ मेक्सिकोको क्यानकुन उँडे । आफ्नो बचावटमा उनले छोरीहरु माथि दोष थोपरेर ओभानो बन्ने प्रयास गरे ।
टेड क्रुज जनताप्रति गंभीर र जिम्मेवार नरहेको देखिएको छ । यही समय पूर्ब कंग्रेसम्यान बेटो ओरुर्के भने पिउने पानी लगायत अत्यावश्यकीय सामान बोकेर जनताको घरदैलोमा छन् । उनले सर्वसाधारणलाई भेटेर सहयोग, सान्त्वना दिइरहेका छन् । सिनेटर क्रुज भने अनुदारबादी फक्स च्यानलमा अन्तरवार्ता दिँदै ‘फेस–सेभिङ्ग’ गर्दैछन् । क्रुज यतिखेर जनताबाट मात्र नभएर आफ्नै रिपब्लिकन पार्टीका नेताहरुबाट समेत तिरस्कृत छन् । यो अवस्थामा जिम्मेवार व्यक्तिले देश छाडेर आफु र परिवारको सुविधाका लागि भ्याकेसनमा जानु निर्लज्ज र गैर जिम्मेवारी कार्य भएको रिपब्लिकनकै नेताहरुले टिप्पणी गरेका छन् । टेक्ससका कंग्रेसम्यान माइक म्याकलले समेत असहमति जनाएका छन् ।
 
हिमपात र हिमआँधीको समयमा स्थानीय निकायहरु (विशेषगरि सिटीहरु) साह्रै निरीह देखिए । खानेपानीको व्यबस्थापनमा धेरै सिटीहरु चुकेका छन् ।
यसपटकको हिमपात झण्डै तीन करोड टेक्ससबासीका लागि निकै पीडाको घटना बन्यो । व्यक्तिगत रुपमा म र मेरो परिवारका लागि यसपटकको हिमपात निकै कष्टप्रद र महंगो हुन पुग्यो । ५१ घण्टा बिजुली बिना चिसोमा कठ्याङ्ग्रीएर बस्नु वाध्य हुनुप¥यो । जब बिजुली आयो, घरभित्रै पानीको पाइप फुटयो । जसका कारणले दुई दिनसम्म पानी बिहीनमात्र हुनपरेन आर्थिक रुपमा समेत निकै ठूलो क्षती हुन पुग्यो ।
 
टेक्ससमा बस्ने हजारौं नेपालीहरु प्रभावित भएका छन् । अपार्टमेन्टमा बस्नेहरु बिजुली नभएपछि निकै कष्टसाथ बसे । आफन्त र साथीभाई हुनेहरु जस्का घरमा बिजुली छ त्यही आश्रय लिए । नहुनेहरु चिसो सहेर बसे । केही संघसंस्थाहरु, तथा व्यक्तिगत रुपमा सहयोग गरे भएपनि यस्तो अवस्थामा पहिलो कुरो त्यो संभव पनि भएन र प्रयाप्त पनि भएन ।
डिसी स्थित नेपाली दूतावासले घटना भएको ६ दिनपछि विज्ञप्ती निकाल्यो । आफ्ना नागरिकप्रति दूतावासले चरम बेवास्ता गरेको महसुस अधिकांशले गरेका छन् । टेक्सस राज्य सरकार, स्थानीय सिटीहरुले त व्यबस्थापन गर्न नसकेको समस्या नेपाल सरकार, नेपाली दूतावासबाट छु मन्तर शैलीमा समाधान हुनेथियो भन्ने अपेक्षा यहाँ बस्ने नेपालीहरुले गरेका होइनन् । उनीहरुले नेपाल सरकारको आपूmप्रति चासो, सरोकार र चिन्ता कति छ भन्नेमात्र जान्न चाहेका हुन् । डिसीस्थित दूतावास यस्ता सन्दर्भहरु, घटनामा सदाझैँ यसपटक पनि चुकेको छ ।

अघिपछि पनि हिउँ पर्थ्यो । तर यसपटकको हिउँले अमेरिकी सरकारलाई समयमै व्यबस्थापन गर्न सवक सिकाएर गयो । सर्वसाधारणलाई बिभिन्न विकल्पलाई समयमै व्यबस्थापन गरेर राख्नुपर्ने सिकाएर गएको छ । तर मानवले यस्ता घटनाबाट सवक सिकेर व्यबस्थापन गरेको कुन चाँही उदाहरण छ र ?