मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

२० डलरमा बिकेका एनआरएनए सदस्यहरु

२० डलरमा बिकेका एनआरएनए सदस्यहरु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा प्रधानमन्त्री केपी ओलीको संसद बिघटन गर्ने निर्णयसँगै नेपालको राजनीतिक माहोल तातेको महसुस यता प्रवासबाट पनि गर्न त्यति कठिन छैन । बिघटनको पक्ष र बिपक्षमा राजनीतिक पार्टीदेखि नागरिक समाज, कानुनविद लगायत सम्पूर्ण क्षेत्र दुइ धारमा देखिएका छन् । अब संसद पुर्नस्थापना हुन्छ कि चुनाब यसको अन्तिम फैसला गर्ने अधिकार अदालतमा छ ।अदालतबाट हुने फैसलाले नै अबको नेपालको राजनीतिक यात्रा तय गर्ने छ । बिघटन सहि या गलत भन्ने बिषयमा आ आफ्नो व्यक्तिगत धारणा होला। तर मुद्दा सम्माननीय अदालतमा बिचारधीन रहेको अवस्थामा यसबारे धेरै टिकाटिप्पणी गरिरहनु त्यति उपयुक्त नहोला । अदालतको फैसलालाई सम्मान गर्दै देशलाई राजनीतिक निकास दिदै विकासको बाटोमा अघि बढाउनु सम्बन्धित सबैको कर्तब्य हो ।
 
नेपालमा चुनाब होला नहोला त्यो अदालतको फैसला पछि टुंगो लाग्ला तर अमेरिकामा रहेका नेपालीहरुलाई भने चुनाब लागिसकेको यतिखेर । प्रसङ्ग हो–एनआरएन अमेरिकाको  नजिकिदो चुनाबी माहोल । बिगतका चुनाब जस्तै यसपटक पनि चुनाब नजिकिएसँगै नयासदस्य बनाउने क्रम तीब्र भयो । एतिहासिक रूपमा यसपटक सदस्य बने । बिभिन्न स्रोतबहरूबाट प्राप्त जानकारी अनुसार यसपटक सदस्य संख्या २० हजार नाघेको छ । यस पटक पनि अमेरिकामा रहेका नेपालीहरू स्वफूर्त भन्दा पनि उम्मेदवारहरूले बनाएकाहरूको संख्या ज्यादा छ भन्न र लेख्न कुनै कञ्जुस्याइ गरिरहनु पर्दैन ।
 
नेपालभन्दा बाहिर अस्थाई या स्थाई रुपमा रहेका नेपालीहरुको सबै भन्दा ठुलो सस्थाको रुपमा एनआरएनलाई लिईन्छ । एक हिसाबमा भन्ने हो भने नेपालभन्दा बाहिर रहेका नेपालीहरुको सबै भन्दा ठुलो र साझा सस्थाको रुपमा एनआरएनलाई लिइन्छ । संस्थाले आफ्नो भुमिका कतिसम्म निर्वाह गर्न सक्यो त्यसको विश्लेषण गर्ने जिम्मा विभिन्न देशमा रहेका प्रबाशी नेपालीहरुलाई नै दिऊ । कुनै देशमा यसले प्रभाबकारी रुपमा काम गरेको देखिन्छ भने कति देशमा चुनाबको बेला मात्र यसले आफ्नो उपस्थिति देखाउने गरेको छ ।
 
अरु देशको एनआरएनको  चुनाब कसरी हुन्छ त्यस बारे खासै जानकारी भएन । तर एनआरएन अमेरिकामा भने अचम्म र उल्का हुन्छ । चुनाब आउनुभन्दा केहि समय अगाडीबाट प्राय नेपालीहरुको सामाजिक संजाल फेसबुकमा साथी बन्नको लागि आफुले कहिले नचिनेको फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्टको बर्षा हुन्छ । हुनत एउटा नेपालीले अर्को नेपालीलाई सामाजिक संजालमा साथी बनाउन व्यक्तिगत रुपमा चिनिरहन पर्छ भन्ने होइन । तर त्यो साथी बन्ने अनुरोध ट्याक्यै चुनाबभन्दा अगाडी आउनु चाहि अचम्मैको कुरा हो । अब कतिले भन्लान इन्टरनेटको समय हो सामाजिक संजालबाट चुनाबी प्रचार गर्न फ्रेन्ड रिक्वेस्ट पठाउनु ठुलो बिषय होइन । कुरा पनि सहि नै हो तर धेरैको गुनासो भनेको चै चुनाब सक्केको केहि दिनमा ती व्यक्तिले सामाजिक संजालबाट बनाएको साथीहरुलाई कि त ब्लक कित अन्फ़्रेण्ड गर्ने गर्छन भन्ने रहेको छ ।

 
कतिले त यसलाई अमेरिकामा फ्रेन्ड रिक्वेस्ट आतंक सुरु भयो भन्ने गर्छन । व्यक्तिगत रुपमा मैले पनि अघिल्लो चुनाबमा यस्तो अनुभब गर्ने मौका पाए । त्यसैले यसपाली आएका फ्रेन्ड रिक्वेस्ट अहिलेसम्म पेन्डीङ्गमा रहेका छन् । फलानो जिताउ अभियान, ढिस्कानो जिताउ अभियान भनेर खोलिएका फेसबुक पेज मेसेन्जर च्याट ग्रुप पनि प्रसस्त देख्न पाइन्छ सामाजिक संजालमा  । सभा सम्मेलन गरेर चुनाबी प्रचार प्रसार गर्न धेरै कारणले मुस्किल रहेकाले सामाजिक संजालनै  सहज र उपयुक्त माध्यमपनि हो । हामी सबैको चाहना भनेको यो भाइचारा चुनाब पछि पनि चलिरहोस भन्ने मात्र  हो ।
 
अमेरिकामा नेपालीहरुको संख्या कति छ भन्ने एकिन तथ्थांक नभएपनि विभिन्न स्रोतहरु अध्ययन गर्दा झन्डै ३ लाख नेपालीहरु अमेरिकामा रहेको पाइन्छ। यत्ति ठुलो संख्यामा नेपालीहरु रहेको अमेरिकामा ३० हजार अर्थात १० प्रतिशत पनि एनआरएनको सदस्य नहुनु एउटा गम्भीर विषय हो ।
 
बिदेशमा हुँदैमा एनआरएनको सदस्य भैहाल्नु पर्छ भन्ने पनि होइन । तर प्रबासमा रहेका नेपालीहरुको सबैभन्दा ठुलो साझा सस्थामा जोडिन किन नेपालीहरु इच्छुक भएनन् त्यो भने सोचनीय बिषय हो । जति सदस्य बनेका छन् ती पनि आफै स्वतस्फुर्तरुपमा बनेका सदस्यहरुको संख्या निकै कम छ । जब चुनाब नजिक आउछ सदस्यता शुल्क आफैले तिरिदिएर आफ्नो मतदाता बढाउननया सदस्य थप्ने गर्छन भनेर एनआरएन अमेरिकाका नेतृत्व माथि आरोप लाग्ने गरेको छ । यसपालिको चुनाबमा पनि त्यहि प्रवृति दोहोरिरहेको अनुभब गर्न पाइन्छ । उम्मेदवारका प्रतिनिधिहरु यो कामका लागि केहि दिन देखि अनवरत रुपमा खटिरहेका छन् । भनिन्छ नि नेपालीहरु चाहिनेभन्दा बढी भावनामा बग्ने गर्छन र बिश्वास गर्छन । केहि दिन अघि एउटा दाईसँग सम्पर्क भयो उनलाई सोधे”दाई एनआरएनको सदस्य बन्नुभयो त ?”
 
 उनको जवाफ “अ बने एउटा दाईले आइडीको फोटो आफ्नो फोटो फोन नम्बर र इमेल माग्नु भयो । अनि केके कोड आयो फोनमा त्यो दिए अनि दाईले सदस्य हुनुभभयो भन्नुभयो । ” मैले हास्दै भने “ल सित्तैमा बन्नुभएछ भोट चै कसलाई हाल्नेत?” उनको जवाफ “दाइले आफै हाल्दिनु हुन्छ।” यो त प्रतिनिधि पात्र हुन यसरी सदस्य बन्नेको संख्या धेरै छ । आफ्नो आइडी नै दिएरसदस्य बन्नेको संख्यामा भने यसपाली केहि कमि आएको जानकारहरु बताउछन । तर उम्मेदवारको शुल्कमा सदस्य बन्नेको संख्या भनेधेरै रहेको छ ।
 
यसरी हेर्दा जुन उम्मेदवारले धेरै खर्च गरेर सदस्य  बनाउन सक्छ उसले चुनाब जित्ने सम्भावना धेरै छ । यसपाली एउटा कार्ड प्रयोग गरेर चार जनाभन्दा बढी सदस्य बन्न नपाउने नियमले गर्दा उम्मेदवारहरु केहि समस्यामा परेको हल्ला बजारमा सुन्न पाइन्छ । यसको बिकल्पमा गिफ्ट कार्डको प्रयोग, जिली बाट पैसा ट्रान्सफर र केहि नलागे क्यासको प्रयोग गरेरै भएपनि आफ्नो मतदाता बढाउन उम्मेद्वारहरु सकृय भए । नेपालको चुनाबमा पैसाको प्रयोगले फलानोले चुनाब जित्यो भन्ने त सुनेको हो तर अमेरिकामा रहेका नेपालीहरुको चुनाबमा यतिसम्म पनि हुने अनुभव यो पङ्क्तीकारले गने अवसर पाएको छ ।
 
अमेरिकामा काम गर्ने कोहि पनि नेपाली २० डलर तिरेर सदस्य बन्न नसक्ने छैनन् । समस्या शुल्कको नभई संस्था प्रतिको बिश्वाशको हो । कसरी संस्था प्रति सबैको बिश्वास बढाउने र सम्पूर्ण अमेरिकाबासि नेपालीलाई एक ढिक्का बनाउने भन्दा पनि पैसा खर्च गरेर सदस्यता दिलाउने र चुनाब जित्ने प्रवृतिले एनआरएनको गरिमा घटाएको महसुस गर्न सकिन्छ । चुनाबी कुरा सुन्दा मिठा मिठा तर ब्यबहारमा शुन्य । कसैलाई विदेशमा केहि गार्हो सार्हो पर्दा सहयोग गर्ने माध्यम एनआरएन बन्नु पर्ने हो । तर बिडम्बना त्यो हुन सकिरहेको छैन । बिगतका  बर्षहरुमा अमेरिकामा रहेका नेपालीहरुको लागि होस् या नेपालको लागि एनआरएन अमेरिकाले उल्लेखनीय भूमिका खेलेको देखिदैन । कोभिड १९ ले सबै भन्दा अमेरिकामा रहेका बिधार्थीहरुलाई निकै असर गर्यो । केहि राज्यहरु बाहेक अन्य ठाउमा  एनआरएन अमेरिकाले प्रभावकारी भूमिका खेल्न सकेन भनेर गुनासो हुने गरेको छ । टिपीएस होस् या डाका या अरु आप्रबासी मुद्दाहरुमा बिभिन्न नेपालीसस्थाहरु खुलेर बोलिरहदा एनआरएन अमेरिकाले आफ्नो उपस्थिति देखाउन सकेन । विदेशमा रहेका नेपालीहरुलाई परेका समस्यामा सहयोग गरि  अभिभाबकीय र प्रभाबकारी भूमिका खेल्नु पर्ने एनआरएन आफ्नै आन्तरिक राजनीतिमा भुलेर बसेको छ । आफै भित्रको आन्तरिक समस्या समाधान गर्न नसक्ने एनआरएन अमेरिकाबाट धेरै ठुलो आश गर्न नि सकिन्न ।
 
अबको चुनाबबाट आउने नेतृत्वले अर्को चुनाब आउने समयसम्म सम्पूर्ण अमेरिकाबासी नेपालीहरुलाई आफै शुल्क तिरेर एनआरएनको सदस्य बनुँबनुँ लाग्ने बाताबरण सिर्जना गर्न सकोस् शुभकामना !