मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा व्यवयास खोज्ने नेपाली बढे

अमेरिकामा व्यवयास खोज्ने नेपाली बढे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका)- केही लगानी गरौं भनेको कहां गर्ने ठाउंनै पाएको छैन , अमेरिकामा यस्तो भन्ने नेपाली धेरै छन् । कतिले आफुलाई उपयुक्त हुने व्यवसाय किन्न खोज्दा नपाएको गुनासो समेत गर्छन । थुप्रै व्यवसायीलाई  परामर्श सेवा दिने सिपीए भिम कार्की भन्छन् विजनेस किन्न चाहने नेपाली धेरै हुनुहुन्छ तर उहांहरुले खोजेको जस्तो विजनेस उपलब्ध नभएको ले किन्न पाउनु भएको छैन ।हाम्रो समुदायका धेरै ब्यबसायिहरुले उहांहरुको क्षमता अनुकुल ब्यवसायहरु खरिद गर्न खोदेर पनि नपाएको महसुस मैले गरेको छु । 
 
एक बर्ष यता कोभिड १९ को महामारीले सवैलाई प्रभावित पार्यो । तर,यो समयमा कसरी व्यवसाय गर्न चाहने नेपाली वढे ? अमेरिकी सरकारले प्रदान गरेको ब्यक्तिगत र ब्यवसायिक स्तरको सहुलियतहरु, अधिकांश स्थानमा साना विक्रेता रिटेलरको व्यापार बृद्धि लगायतका कारणले नेपालीको क्रय क्षमता वढेको जस्तो लाग्छ कार्कीले भने  

कोभिड १९ मा विशेषगरी कन्भिनियन्स स्टोर, खुद्रा व्यवसाय गर्ने स्टोर, लिकर सप लगायतको व्यापार भने वढेको थियो । यस क्षेत्रमा धेरै नेपालीको लगानी पनि छ । अहिले चलेका यस्ता कन्भिनियन्स स्टोर, खुद्रा पसल, लिकर स्टोरको खरिद भाउ पनि बढेको धेरैले अनुभव गरेका छन् । 
 
यस्तो बेला के गर्ने त ? कार्कीको सुझाव छ, अहिले नेपालीले जे गरिरहनु भएको छ त्यो भन्दा फरक सोचका साथ ब्यापार विविधिकरण तर्फ पनि लाग्नु पर्ने भएको छ।
 
ग्यांस स्टेशन, रेष्टुरेण्ट, आईब्रो सैलुन लगायत कतिपय व्यवसायमा नेपाली विच नै प्रतिस्पर्धा छ । एउटै खालका व्यवसायमा लगानी गर्दा समुदाय भित्रै प्रतिस्पर्धा हुने अवस्था आउंछ कार्की भन्छन् यो भन्दा वढी नयां नयां क्षेत्र खोज्नु उपयुक्त हुन्छ । 

नेपालीहरु विस्तारै ग्यांस स्टेशनवाट होटल, रियल स्टेट, कन्सट्रक्सन लगायतका क्षेत्रमा लगानी गर्न थालेका छन् । यो संख्या भने सानो छ । 
 
जुन विषयमा राम्रोसंग जानकारी छ त्यही क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ, अथवा त्यो क्षेत्रका विज्ञको सल्लाह लिएर लगानि गर्न सकिने कार्किको सुझाव छ। पैसा छ भन्दैमा नजानेको नवुझेको क्षेत्रमा लगानी गर्नु पनि राम्रो होइन ।
 
अमेरिकाको शेयर बजारमा लगानी गर्ने नेपाली पनि ह्वात्तै वढेका छन् । विशेष गरी सन् २०२० मा अमेरिकी शेयर बजारमा लगानी गर्ने नेपालीको संख्या एक्कासी वढेको हो । अमेरिकी सरकारले दिएको सहुलियतका कारणले पनि केही वचत बृद्धि भएको थियो । यही पैसा शेयर बजारमा पनि आयो । यो नेपालि समुदायमा मात्र नभएर पुरै अमेरिका भरिकै ट्रेन्डहो, हालसालको शेयरमार्केटको बढत पनि यसैको नतिजा हो।
 
शेयर बजारमा लगानी गर्दा शेयर मूल्यमा हुने उतार चढावको अध्ययन पनि गरेर निर्णय लिनु पर्छ कार्कीको सुझाव छ शेयर बजारमा लगानी गर्नु पनि नराम्रो भने होइन तर, हल्लाको भरमा लगानि गर्दा वा लगानि गरेका कम्पनिहरु बारे आवश्यक जानकारि बेगर पैसा लगाउंदा नोक्सान पनि पर्न सक्छ । 
 
शेयरको मूल्यमा उतार चढाव आईरहन्छ । बजार वढ्यो भने उत्साहित भएर लगानि थप्ने घट्दा आत्तिएर विक्री गर्ने प्रवृत्ति पनि शेयर बजारमा देखिन्छ कार्कीले भने।

भिम कार्की, सिपीए (him.karki@karkicpa.com)

भिम कार्की, सिपीए ([email protected])

सकेसम्म बजारको उतार चढाववाट आउने नोक्सान कम गर्न विभिन्न इण्स्ट्रिीहरुको र आर्थिक सुचकांकहरुको अध्ययन गरेर फरक फरक खालका इण्डस्ट्रि/कम्पनिहरुमा सन्तुलित लगानि गर्दा जोखिम न्युनिकरण गर्न सकिन्छ।  सन्तुलित पोर्टफोलियो बनाएर लगानी गर्दा नाफा म्याक्सिमाइज वा नोक्सानी कम हुनुको साख साथै पोर्टफोलियो लाइ घण्चै पिच्छे म्यानेज गरि रहनु पनि पर्दैन। सन्तुलित पोर्टफोलियो ले लामो समयमा नाफा नै दिलाउछ। व्यवसायमा लगानी गर्नेको विकल्प भने शेयर बजार नभएको कार्कीले वताए । 

 
विक्री नगर्दा सम्म शेयरमा लगाएको पैसा कागजी मूल्य मात्र हो ।शेयर किनवेच गरेका नेपालीले कर विवरण दाखिला अर्थात ट्याक्स फाइल गर्दा १०९९ बी फारमको विवरण पनि उल्लेख गर्नु पर्ने हुन्छ । नाफा भएको छ भने ट्याक्स तिर्नु पर्छ केहि सिमाहरु सहित नोक्सान कट्टा गर्न पाइन्छ । कति ट्याक्स लाग्छ भन्ने शेयर कति समय राखेर विक्री गरेको हो त्यसमा निर्भर हुने कार्कीले जानकारी दिए । जुन ब्रोकर एजेन्सी वा प्याटफर्मवाट शेयर किनेको हो त्यस कम्पनीले वर्षको अन्तिममा किनबेचको विवरण सहित १०९९ फारम पठाउंछ । यो फारम आईआरएसमा पनि पठाइएको हुन्छ । शेयर किनवेच गरेको छ तर, १०९९ बी फारम ट्याक्स फाइल गर्दा राखिएन भने आईआरएसले कर विवरण दाखिला संशोधन गर्न पत्राचार पठाउंछ।
(तपाईका अमेरिकामा ट्याक्स फाइलमा प्रश्न छन् भने  कर विज्ञ भिम कार्कीले यसको जवाफ दिनुहुने छ । निम्न इमेल अथवा फोन मार्फत पनि तपाईले प्रश्न सोध्न सक्नुहुने छ ।  [email protected] / 214-223-0730)