प्रसंग,
विश्वमा जातियता, सम्प्रदायीकता, लिङ्ग, र धर्म आदीका नाममा विभिन्न खाले विभेद, द्वन्द्व, र हिंसा हुँदै आएको छ । यो कति पुरानो छ भन्ने विषयको वहस गर्दा मानव सभ्यताको विकास क्रमसँगै सुरु भएको मान्न सकिन्छ । समाजको विकाश क्रमसँगै यसले बहुआयामिक रुप लिँदै आएको देखिन्छ । औद्योगिक समाज पूर्वका समाजमा यस्ता विभेदका प्रकृति तथा प्ररुप सीमित थिए । जस्तो कि, घुमन्ते फिरन्ते युगमा सामान्य लंगिक विभेद मात्र देखिन्थ्यो । पुरुषको काम शिकार गर्ने थियो भने महिलाको काम खाना जम्मा पार्ने तथा वालवच्चाको रेखदेख गर्ने । त्यो समाजमा यान्त्रीक एकताको प्रभुत्व थियो ।
जव त्यहाँबाट समाज परिर्वतन हुँदै गयो र आजको आंगीक (संगठानिक) एकताको विकास भयो । यो विकास सगै समाजमा विभिन्न खाले विभेदहरु सुरु हुँदै गए । १७ औं शताब्दीदेखि जातीय विभेदको मुद्दा मुलत ब्यापक हुदै आएको छ । केही समययता अमेरिकामा एसियन अमेरीकन लक्षित जातिय हिंशा तथा घृणा अपराधका गतिविधीहरु बढ्दो छ । यस आलेखको उद्देश्य यस्तो जातिय हिंशा किन र कसरी भए, यसका समाधानका उपायहरु के हुन भन्ने वस्तुगत विषयको वहस गर्नु होइन । यसका पछाडीका केही ऐतिहासिक सन्र्दभ तथा सैद्धान्तिक पक्षको समिक्षा गर्नु रहेको छ । यहाँ एसियन अमेरीकनको सेरोफेरोमा रहेर जातिय घृणाको प्रार्दुभाव अमेरीकी समाजका कसरी भयो भन्ने विषयमा केही पक्षहरुको चर्चा गरिएको छ ।
कसरी सुरु भयो त जातियताको विषय पश्चिमी समाजमा?
अंग्रेजी साहित्यमा रेश शब्दावली मध्य युगमा प्रणय साहित्यमा जनावरको प्रजनन् बुझाउन प्रयोग गरिएको भेटिन्छ । १६ शताब्दी सम्म अंग्रेजी साहित्यमा रेश शब्दावली प्रयोग भएको पाइदैन तर १७ औं देखी शताब्दीमा मानव समुदायको भिन्नता देखाउने प्राविधिक शब्दको रुपमा प्रयोग भएको भेटिन्छ । मुलत, यसलाई तत्कालीन अवस्थमा उत्तरी युरोप विशेषतालाई केन्द्रमा राखी मानव समुदायको भिन्नतालाई उत्कृष्टता र कमसलको कोटीमा राख्न थालिएको देखिन्छ । १८ औं शताब्दीका प्रकृतिवादी चिन्तक कारोलस लिनियस ले आफ्नो पुस्तक न्याचुरल सिस्टम (१७३५) मा युरोपियन लाई नवपर्वतक र असल भन्दै रितीरिवज अनुसार चल्ने तथा अफ्रिकन लाई स्वाठ (क्राफ्टी) र अपराधी (इनडोलेण्ट) भन्दै सनकको भरमा चल्ने जातिको रुपमा चित्रण गरेका थिए । यहीबाट पश्चिम विश्वमा जातीय विभाजनको सुत्रपात भएको थियो भन्दा फरक नर्पाला । तत् पश्चात, कोम्ट डी. बुपोन ले १७४९ मा न्याचुरल हिस्ट्री भन्ने पुस्तकमा स्वेतता नै मानवको मुख्य रंग मान्दै भौगोलिक वातावरणका कारण मानिसको छाला गोरो र कालो हुने भएको विचार प्रस्तुत गरे ।
बुपोनको दर्शनले मानिस सबैको रंग स्वेत भएको मानेता पनि फरक भूगोलमा दुई रंग भएको तथ्य स्वीकारे । तत् पश्चात, १७७५ मा फेडरिक ब्लुमेनबाक ले आफ्नो प्रकाशन अन द नेचुरल भेराइटिज् अफ मेनकाइण्ड मा स्पष्टरुपमा मानव प्रजातिको पाँच जात— ककेसियन, मंगोलियन, इथियोपियन, अमेरीकन, र मलेय गरेर विभाजन गरिदिए । तत् पश्चात उत्तरी युरोपियन विशेषता सँग जातको सुन्दरता र सौर्यता लाई परिभाषित गर्न थालियो । अमेरीकामा जातीयताको विषय भने दास प्रथाको थालनीसँगै भएको पाइन्छ । सन् १६१९ मा बेलायती शासकले १९ अफ्रिकन मानिसलाई भर्जिनियामा ल्याए सँगै स्वेत र अस्वेत विचको विभेद अमेरीकामा सुरुवात भएको थियो । दास प्रथासंगै यो निकै मौलायो । त्यसाको निरन्तरता १७७६ पछिको स्वतन्त्र अमेरीकामा पनि ब्यापक रह्यो भने अहिलेको २१ औं शताब्दीको अमेरीका झन पृथक बन्दै आएको छ । जातिय हिसां तथा घृणा अपराध अमेरीकी भूमिका निकै ठूलो अभिषापको रुपमा रहदै आएको छ । अव चर्चा गरौं एसियन अमेरीकन माथिको हिसां ।
कसरी आए त एसियन अमेरीकामा ?
मुलत, मेक्सिकन अमेरीकन युद्ध पश्चात अर्थात १८४८ पछि मेक्सिकोबाट लिइएको भूमी हालको क्यालिर्फोनिया राज्यमा रेलमार्गको विस्तार तथा खेती योग्य जमिनलाई खेती भूमीमा परिणत गर्ने श्रम शक्तिको रुपमा चीनबाट चिनिया कामदार झिकाइएको पाइन्छ । एक तथ्याङ्क अनुसार १८५० देखी १८८० को बीच चिनिया जनसंख्या ७ हजार ५ सय बाट १ लाख ५ हजार पुगेको थियो । त्यसै गरि जापानिज हरु १८६० को दशमा हवाई राज्यमा उखु खेती गर्न ल्याइएका थिए ।
२० औं शताब्दीको उत्तरार्धतिर एसियाका अन्य मुलुकहरुबाट पनि अमेरीका आउने लहर निकै चलेका थियो । मुलत, अमेरीका भियतनाम युद्ध पश्चात ठूलो संख्यामा भियतनामी पनि अमेरीका आए । डिभी चिठ्ठा मार्फत ठूलो संख्यमा दक्षिण एसियाली राष्ट्रबाट पनि अमेरीका आएको छन् । अहिले कुल अमेरीकाको जनसख्या मध्ये करिव ६ प्रतिशत एसियन अमेरीकनको हिस्सा छ ।
कसरी विभेद गरिदै आइएको छ त एसियन अमेरीकनलाई अमेरीकामा?
१९ औं शताब्दी को मध्यतिर आएका एसियन अमेरीकन हरु मुलत चाइनीज र जापनीज को समावेशीता अमेरीकन अर्थतन्त्रमा आवश्यक मानियो । तर, अमेरीकन राजनीतिमा भने वहिष्कार नै गरियो । कारण तत्कालीन कानुन ब्यवस्था अनुसार गैह्र स्वेतहरु अंगीकृत नागरिकका लागी योग्य मानिदैन थिए । यति सम्म कि एसियन अमेरीकनलाई भूमि खरिद र स्वमित्वमा समेत अवसर दिइएन । दोश्रो विश्व युद्ध मुलत पर्ल हार्वर बमको घटना पश्चात जापनिज अमेरीकानको अवस्था हेर्ने हो भने झन कहाली लाग्दो छ ।
दोश्रो विश्व युद्ध सँगै लडेका एक्सिस पावर जर्मन, जपान, र इटाली मध्ये जापान लाई मात्र दोष दिइयो । फलत, करिव करिव सम्पूर्ण जापनिज अमेरीकनलाई नजरवन्दी बनाई क्याम्पमा राखियो त्यो त नजरवन्दी करिब १ लाख २० हजार जापनिज मध्ये करिव ७० हजार निसेए (अमेरीकामा जन्मेका जापनिज) थिए । पर्ल हार्बरमा किन जापनिज मात्रै दोषी देखिए ? कारण राजनीतिक थियो होला । तर, जापनिज हुलिया उत्तर युरोपिन भन्दा भिन्न थियो । जसले गर्दा तत्कालीन जमर्नी र इटालीन अमेरीकनले जस्तो छुट जापनिज अमेरीकनले पाएन ।
यहि प्रसँगमा मार्च २७ का दिन एनवीसी टिभीले एउटा समाचार प्रसारण गरेको एउटा समाचारको प्रसँग जोड्न सान्र्दभीक देखिन्छ । लि वङ्ग (६९), एसियन अमेरीकन, जो सेवा निवृत्त अमेरीकी सैनिक हुन । उनले भनेका थिए, “मलाई अमेरीकन होइन भनेर सधै प्रश्न गरिन्छ । किन? मेरो अनुहार अमेरीकन जस्तो देखिदैन । हामी माथि राष्ट्रियता को सवाल गरिन्छ । हाम्रो राष्ट्रियता माथि शंका गरिन्छ । मलाई एक थोक देखाउनु छ,” भन्दै आफ्नो माथिल्लो वस्त्र खोलेर युद्धमा अमेरीकाको लागी लड्दै गर्दा भएको चोट, गोलीको छर्राले छिलिएको छाती देखाउदै, “अब यस माथि कसरी राष्ट्रियताको परिभाषा गर्ने ?” भनेका थिए ।
किन गरिन्छ त एसीयन माथि विभेद?
एसियन अमेरीकन इतिहासका प्राध्यापक (युनिर्भसीटि अफ क्यालिर्फोनिया) रोनाल्ड टकाकीले एक इन्टरभ्यूमा भनेका प्रसँग जोड्न प्रासँगीक देखिन्छ । प्रो. टकाकी सम्झदै थिए, सन् १९५७ को फलमा जव उनी हवाइबाट उच्च शिक्षा हासिल गर्न ओहायो राज्यको उर्सटर पुगे । उनले बल्ल थहा पाए कि मेरो परिचय आफ्नै देशमा अलग रहेछ । म अरु भन्दा भिन्न रहेछु । हवाइमा जन्मेका तकाकी माथि उनका साथीहरुले प्रश्न गर्न थाले अमेरीका आएको कति भयो? अंग्रेजी बोल्न कहाँ र कसरी सिकिस् ?
जुन प्रश्नहरु अहिले पनि प्राय सबै एसियन अमेरीकनको लागी सामान्य हुन । तकाकी भन्छन् यी प्रश्नहरु सोधिनु भनेको प्रश्नकर्ताले आफूलाई फेलो अमेरीकनको रुपमा नस्विकार्नु थियो । किन यस्तो भएको छ भन्ने प्रसँगमा तकाकी भन्छन्, “यसमा मेरो समकक्षी अमेरीकन साथीहरुको दोष छैन । अमेरीकाको इतिहास जति गर्बिलो छ, जति लोकप्रिय छ त्यतिनै अमेरीकी इतिहासको मुख्य कथन (म्यास्टर न्यारेटिभस्) नै अपुरो छ । हामीलाई सिकाइएको छ कि अमेरीकन इतिहास युरोपिन पसिनाले मात्र लेखिएको छ । उनीहरुलाई अफ्रिकन अमेरीकन, एसियन अमेरीकन, म्यासिकेन अमेरीक, पोटोरीकन अमेरीकन अदीको योगदानको बारेमा सकिइएन । तसर्थ उनीहरु मेरो अनुहार र नाम लाई अमेरीकनको रुपमा स्वीकार्न सकेनन् । जुन निकै प्रति—उत्पादक छ, खतरनाक छ ।”
अन्तमा,
अहिले मुलत कोभिड—१९ को विश्वब्यापी महामारी पश्चात फेरी एक पटक एसियन अमेरीकन माथिको हिंसा तथा घृणा अपराध अमेरीकी समाजमा बढ्दो छ। दैनिक जस्तो हुने घृणा अपराध देखी प्रणघातक घटनाहरु घट्दै गएका छन् । यसले एसीयन अमेरीकन समुदायमा निकै ठूलो असर पारेको छ । यस्ता घृणा अपराध नियन्त्रण गर्न सरकारको नियन्त्रण भन्दा पनि समुदायीक कृयाकलाप तथा स्थानीय राजनीतिमा एसीयन अमेरीकनको समावेशीताको अभिबृद्धि अपरिहार्य रहन्छ ।
(ओझा, सीटि युनिर्भसिटी अफ न्यूयोर्कका समाजशास्त्रका प्राध्यापक हुन् ।)
प्रतिक्रिया