रविलाई मान्छे नै रहन दिऊँ

अहिले सामाजिक सञ्जाल र नेपाली मिडियामा रवि लामिछानेले नेपालको नागरिकता कानुनको पालना नगरेको र जालसाँझीपूर्वक अमेरिकी पासपोर्ट बहाल रहेकै अवस्थामा नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट बनाएको कुरा निकै चर्चामा छ । रविका समर्थकहरु उनी कानुनी दायरामा आउन नहुने मान्छे हुन् भनेर लिँडेढिपी गरिरहेका छन् । उनीहरुलाई लाग्दैछ रवि भगवान् हुन् र उनको बारेमा प्रश्न…