अमेरिकन नेपाली समुदायमा प्राय शनिबार र आइतबार आएपछि केही न केही कार्यक्रमहरु भै रहन्छन् । यतिखेर होली, नारी दीवस लगाएत बिहे, ब्रतबन्धको माहोल चलेको छ । कतै जान मन लागि हाल्छ कि भन्ने सोचेर कपडाको दराज खोतल्दै गर्दा जतन गरी राखेको पस्मिनाको पछ्यौरा भेटियो । त्यो पछ्यौरा धेरै बर्ष अघि पहिलो पटक अमेरिका आउँदा साइतमा कसैले दिएको उपहार थियो । फेरी पछ्यौरासँग अमेरिका टेक्दाको पहिलो र तीतो अनुभब समेत जोडिएको थियो । पछ्यौराले मनको कुनामा बसेका तितामिठा अनुभबहरु शब्दमा पोख्ने जाँगर पनि दियो ।
अमेरिकाको पश्चिम उत्तर वासिङ्गटन राज्यको सियाटल स्थित टाकोमा बिमानस्थलमा म र मेरा धेरै सपनाहरु बेकेर उँडेको ठूलो जहाज टक्क उत्रियो । यसै त सपनाको देश मानिने अमेरिका, अझै सपनाकै भारी बोकेर अघि सरेका पाइलाहरु । हामी एयरपोर्टबाट ट्याक्सी लिएर सिधै चिनजानका नेपाली परिवारको घरतिर लाग्यौं ।
ओहो १ कस्तो होला अमेरीकन नेपालीहरुको जीवनशैली रु खानपान र भेषभूषा पनि बिदेशी कै जस्तो पो होला कि रु घरदेशमा जस्तो पुरुष र महिला बीच भेदभाब होला कि नहोला रु बिषेश गरि म जस्तै दिदीबैनीहरु कत्तिको स्वतन्त्र होलान रु यस्तै सोच्दासोच्दै काखमा राखेको सानो सुट्केसमा ध्यान गयो । सुटकेस खोलेर उपहार स्वरुप ल्याएको एउटा पस्मिनाको पछ्यौरा तानेर सबै भन्दा माथी राखेँ । फेरि आफुले ओढी राखेको पछ्यौरा सुमसुम्याएँ ।
त्यति बेला म त्यो पस्मिनाको पछ्यौरा सुमसुम्याएर खुब भाबुक भएकी थिएँ । सोचें-यो पराइको मूलुकमा मेरो पछ्यौरीले लाज र जाडो छेक्ला कि नछेक्ला ?
करबि एक घण्टाको यात्रा पछी हामी चढेको ट्याक्सीले गन्तब्यमा पुगेको संकेत दियो । हामी घर तिर लाग्यौं । सानो नेपाली परिवारमा बाबुआमा दुइ छोरीहरु र अरू दुइजना सँगै मिलेर बस्दै आएका अधवैशे पुरुष रहेछन् । लगभग डिनरको समय भइ सकेको थियो । हाम्रो लागी समेत खान पानको राम्रो तयारी थियो । धेरै पर पुगेर पनि आफ्नोपनसँग भेट्न पाउँदा निकै खुशी थिएँ म ।
बिस्तारै डिनरको माहोल तात्यो । घरबेटी बहिनीले टेबलमा सबै परिकार सहित थरिथरीका पेय पदार्थहरु ठीक पारिन् । दुइटै नानीहरुलाइ हप्कीदप्की लगाउँदै हातमा आइप्याड र एकएक पोका लेज थमाएर सोफामा बसालिन् । हामी सबै डिनर टेबलमा बसेर खान थाल्यौं । ती बहिनीले बियर, वाइन, भोड्का सबै टकारेर खान भनिन् ।
अरुले के लिए याद भएन । मैले आधा गिलास वाइन समातें । पेय पदार्थमा खासै रुची नभएकोले मेरो वाइन सुस्तरी घट्दै थियो । ती बैनीले के पिएकी थिइन खासै हेक्का रहेन । तर उनी धेरै नै माति सकेकीथिइन् । शरिरमा लगाएका बस्त्रहरु समेत सम्हाल्न गाह्रो भै सकेकोथियो । उनी बरबराउन थालिन् ।
‘अमेरिका आइएको छ के को फिकर ? मूला नेपाल हो र ? लोग्नेले जाँड खाएर पिट्दा समेत सहेर बस्नुपर्ने रु आफु त कसैको दवाबमा बसिन्न । यो त अमेरिका हो स्वतन्त्र भएर बाँच्न परो नि ? यहाँ त हाम्रो अधिकार धेरै छु बहिनीका कुरामा उनका श्रीमानले पनि सही थाप्दै थिए । यो उनको अन्तरमनको आदेश थियो कि वाध्यता मलाइ बुझ्न कठिन भैसकेको थियो । एक हिसाबले श्रीमतीको समर्थन गरेको नराम्रो त लागेन ।
करिब करिब रातको १२ बजी सकेको थियो । भोली बिहानै स्कुल जान पर्ने विचरा नानीहरु सोफामा नै निदाइ सकेका थिए। घरबेटी भाइले उठेर बेडरुम सम्म जान नसक्ने हालतमा पुगेकी श्रीमती र सोफामा निदाएका दुइ छोरीहरुलाइ पालैपालो बेडमा लगेर सुताए । हामी पनि सुत्यौं । लाग्यो अमेरिका यस्तै रहेछ । स्वतन्त्रताको भरपुर उपयोग नेपालीले समेत गरेकै रहेछन् ।
बिहान ७ बजे अर्घनिन्द्रामै नानीहरु स्कुल बस चढे । मलाइ ती अवोध नानीहरुको हालत देखेर निकै नरमाइलो लाग्यो । के कसो होला भन्ने सोचेर सानो बच्चो घरमा सासु ससुराको जिम्मा लगाएर आएकी थिएँ । ठिकै गरेछु जस्तो लाग्यो । नत्र मेरो बच्चाको पनि उस्तै हालत हुने थियो जस्तो लाग्यो ।
हामी अझै २/३ दिन त्यहीँ बस्दै थियौं । उहाँहरु बिहानको नास्ता गरेर आ आफ्नो काममा जाने गर्थे । ‘ह्याङ् ओभरभयो’ भनेर बहिनीले बिहानको नास्ता सँगै एउटा बियर तानिन् । त्यसपछि काम तिर लागिन् । हामीलाइ लामो हवाइयात्राले निकै थकाइ लागेको थियो घरै बस्यौं । हामी घरै हुने हुँदा नानीहरुलाइ समस्या नहुने भयो भनेर बैनी केही घन्टा बढी काम गरेर आइन् । भित्र पसेर घरक्क फ्रिज खोलिन् । थकाइ मार्न पर्यो भनेर दुइ बोतल बियर तानिन् ।
मेरो श्रीमानले पनि एक बोतल बियर पिएर साथ दिनुभयो । मलाइ खासै पिउन मन नभएकाले पिइन । फेरि बेलुका हिजैकै दैनिकी सुरु । ‘जस्तो देश, उस्तै भेष’ भन्ने सोचेर खाने लगाउने, पिउने कुरालाइ खासै मतलब गरिन ।
दोस्रो दिनको डिनरसम्म त धेरै नै घुलमिल भए जस्तो लाग्यो । बल्ल कुराकानी सुरु भयो । मैले उपहार स्वरुप ल्याएको पछ्यौरा निकालेर बहिनीको हातमा राखिदिएँ । उनले बढो गाह्रो गरेर समाइन् । अनि फ्यात्त सोफामा फालिन् । श्रीमतीले उपहारलाइ इग्नोर गरेको बुझेर कुरा मिलाउने हिसाबले उनका लोग्नेले म तिर हेर्दै भने ‘भाउजु, अमेरिकामा कस्ले पछ्यौरा ओढ्छ र ल्याउनु भाको ? जाबो पस्मिनाको के काम यहाँ ? तपाइँ पनि अलि राम्रो ड्रेस अपगर्न सिक्नुहोस् । बहिनीलाइ हेर्नु त यहाँको खैरीनी भन्दा कम छैन लवाइखवाइ, हिंडाइ बोलाइ ।’
उनको भनाइ अनुसार ती बहिनी खै कुनी के नाम चलेको ठूलो पसलको मेनेजर समेत भै सकेकी रहिछन् । भाइले थप्दै गए ‘उसलाइ त सबैले मान्छन् ।’
मेरो उपहारको तिरस्कार गरेको देखेर मन कुँढिएको थियो । तरपनि संयमित हुँदै भनें ‘ए राम्रो भयो नि त । बहिनीको अझै उन्नती प्रगती भएको हेर्न पाइयोस् । हामीलाइ आश्रय दिनु भयो अहिलेलाइ दिने भनेको धन्यबाद र आशिर्बाद मात्र हो हजुर ।’
मेरो पछ्यौरीको अपमानले मुटुमा किला पसे झैं भएको थियो । तर केही भनिन । पस्मिनाको पछ्यौरा बिदेशीहरुले खुबमन पराएर लिन्थे । यसैले मात्र केही थान उपाहार दिनकै लागी बोकेकी थिएँ ।
फेरि बहिनी अली रिसाए झैं गरेर ‘दिदी यहाँ त पिउनु पर्छ, रमाउन पर्छ । अघिनै पनि पिउनु भएन । आफु त तानिन्छ’ भनिन्। म ङिच्च हाँसें मात्र ।
फेरि भाइले थपे ‘यहाँ त महंगोमहंगो रक्सी हुन्छ । जो पायो त्यसैले किनेर खान नै सक्दैन । ल आज हिजो खाएको भन्दा फरक खाले खानुस् ।’
मलाइ टाउको दुखी रहेको थियो, पिउने बिचार गरिन । फेरि मेरो श्रीमानले प्रष्ट पार्नु भयो ‘पिउने नपिउने तिम्रो आफ्नै बिचार हो । पिउनै हुँदैन या पिउनै पर्छ भन्ने केही होइन । तिमीलाइ जे गर्दा सहज हुन्छ त्यही गर ।’
तर उनीहरुले कर गर्न छोडेनन् “दाइ पनी १ कहिल्यौ पिउन सिकाएको भए पो पिउने रु भाउजुले त यस्तो रक्सी देख्नु भएकै थिएन होला ।” मेरो रिसको पारो चरम बिन्दुमा पुगे पनि कन्ट्रोलमा लिएँ । सायद मेरो जिन्दगीमा पहिलो पटक थियो यसरी रिस काबुमा राखेको ।
उनीहरुले जसरी सोचे पनि म यो बिषयमा अनबिज्ञ पनि त थिइन । खासै चासो, गुनासो गरीन । तर रक्सी पिउने कुरालाइ नै धेरै महत्व दिएको चैं पटक्कै मन परेन ।
फेरि कामकाज तथा अमेरिकन जीबनशैलीका कुराहरु उठे । ‘भाउजु पनि भोली देखी काम गर्न थाले हुन्छ । उनले भन्ने बितिकै काम लगाइ दिन्छीन् । जसरी नि कमाउनै पर्छ क्यारे ।’ उनले नमागिएको सुझाव दिए ।
मैले मेरा कुरा प्रष्ट पार्न आवश्यक ठानें । ‘म यसपाली अलिकति घुमघाम गरेर नर्सको लाइसेन्सको परिक्षा दिने बिचारले आएकी । मिलेसम्म अलिअलि काम पनि गर्न पर्ला । नत्र २/३ महिना परिक्षाको तैयारी गर्नुपर्ला । अहिलेलाइ काम नभन्नुहोला । म तैयार छैनु उनले मेरो कुरालाइ ठट्टामा उडाइ दिए ।
‘हामी पनि हुने खाने मान्छे हुम् क्यार उताका । नेपालमा हाकिमको जागीर छोडेर आको । मास्टर डिग्री नभाको हो र रु तर त्यसको यहाँ के काम ? जस्ले धेरै घन्टा हान्यो उसैले जित्यो । जाबो नेपालको पढाइले यहाँको नर्स हुन कहाँ सकिन्छ र रु फेरि बल्लतल्ल लाइसेन्स निकाले पनि काम गर्न गाह्रो हुन्छ । लाइसेन्स एकै छिनमा झ्वाम हुन्छ । हाहाहाहा…. ‘ उनले मलाइ मजाकको पात्र पो बनाए ।
मैले फेरि पनि ‘ए भन्दै निच्च दाँत देखाएरै टारेँ । दुइ दिनको बडो कष्टप्रद बसाइ पछि हाम्रो यात्रा सुरु भयो । एक महिनाको समयमा लगभग सात वटा राज्य घुम्ने अबसर पाइयो ।
उति बेला जताततै होटलहरु लिएर घुम्न सक्ने हैसियत पनि थिएन । नेपाली र बिदेशी साथी तथा आफन्तहरुले मायाँ गरेर जता बास दिने गरी बोलाए त्यतै गइयो ।
समग्रमा बिदेशीहरुको परिवार सोचे भन्दा धेरै अनुशासित भेटियो । बाल बच्चाहरुलाइ समयमा खुवाउने, खेलाउने, पढाउने, सुताउने । साना नानीहरुलाइ आइफोन, आइप्याड जस्ता सामानहरु सकेसम्म दिँदै नदिने । दिए पनि समयसीमा तोकेर मात्र दिने । बिदाको दिनमा बाल बच्चाहरुको छुट्टै ब्यबस्थापन गरेर मात्र मदिरा सेबन गर्ने । सकेसम्म उमेर नपुगेका बाल बच्चाहरुको अगाडी मदिरा सेवन नगर्ने । समय समयमा कामबाट बिदा लिएर परिवारसँग छुट्टी मनाउन जाने। यस्तै यस्तै हामीले सोचेको भन्दा फरक ब्यबाहारहरुले अमेरिकन जीवनशैली मन पर्न थाल्यो ।
तर हाम्रै नेपाली परिवारमा भने लगभग पहिले भेटेकै परिवारमा जस्तै चाल चलन भेटियो । धेरै परिश्रम गर्ने, प्रसस्त पैसा कमाएर जोगाउने, बालबच्चा तथा परिवारलाइ समय कम दिने । घरै बसेर खाने, पिउने, रमाउने । अझै नेपालमा भएको आ-आफ्नो पद सम्झेर त्यसैको फुर्ती लगाउने । यहाँको राजनितिमा सामान्य जानकारी समेत नराख्ने, नेपालको राजनितिका बारेमा ठूला ठूला कुरा गर्ने ।
हाम्रो समुदायले बुझेको र अपनाएको कथित अमेरीकन शैलीमा खोट देखीएको छ भन्दा कसैलाइ अन्याय नहोला ।
यसरी फरक भुगोलको बसाइमा बुझाइ तथा सोचाइमा समायोजन गर्न नसक्दा धेरै समस्याहरु समेत आएका छन् । भरखर अमेरिका छिर्दा जन्मेका बच्चाहरु हुर्की सके । धेरैका टिनएजर छोराछोरीहरु छन् । हिजो कलिला नानीहरुको हातमा आइप्याड थमाएर कमाउने र रमाउनेहरु आज छोरा छोरीहरु बिग्रीए भनेर चिन्तामा डुबेका छन् । यस्ता कुराहरुले हाम्रो समाजमा धेरै पीडा थपेको छ । हामीले यताको चाल चलनमा पटक्कै ध्यान नदिने र उताको चलन पनि राम्रोसँग सिकाउन नसकेको कारण छोराछोरीहरु अलमल्ल परेका छन् ।
अब यो दोहोरो संस्कार पनि मेरो पछ्यौरा जस्तै भएको छ । न त ओढेर हिंड्न सक्नु नत पुरै खोलेर फाल्न सक्नु ।
प्रतिक्रिया