उसको नाम भिक्टर । उ ठ्याक्कै कहाँ बस्छ, के काम गर्छ एकिन नभएपनि म काम गर्ने ग्याँस स्टेशनको यतै नजिकतिर उ बस्छ । बिहानको कफी देखि लिएर साँझ कहिलेकाँही बियर किन्न आइरहन्छ । अजङ्गको शरिरको धनी उ । अश्वेत वर्णको उसको लवाई पनि अजीवको लाग्छ, ह्वाङ्लाङ्ग परेको हुडी, शरिरभन्दा पनि ठूलो पाइन्ट, डिङ्गो जुत्ता ।…