गैरआवासीय नेपाली नागरिकता- उपलब्धि कि कहीं काम नलाग्ने कागजको टुक्रा?

गैर आवासीय नेपालीहरुले संगठित रुपमा नै ‘एक पटकको नेपाली, संधैको नेपाली’ भन्ने नारा सहित नेपाली नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आएका हुन्। गैर आवासीय नेपालीहरुको मागको आंशिक संवोधन २०७२ सालमा जारी संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिन सकिने व्यवस्थाबाट भएको छ। संविधान अनुसार बनेको नयाँ नागरिकता ऐन २०७९ (नागरिकता ऐन…