गैर आवासीय नेपाली संघ, अमेरिकाको चुनाव भर्खर सकियो। करिब एक महिनासम्म चलेको चुनावी सरगर्मी र उम्मेदवारहरुको प्रचारात्मक रफ्तार सोमवार बिहानै चुनावी नतिजा सार्वजनिक भएसंगै विश्राम लिएको छ। नतिजा अनुसार डा. अर्जुन बन्जाडे अध्यक्ष पदमा निर्वाचित भइसकेकाछन्। चुनाव स्थानीय स्तरको होस् वा राष्ट्रियस्तरको, त्यसले ल्याउने चासो र चस्का आकारमा फरक भएपनि प्रभाव उस्तै खालको हुनेगरेको छ।…