केहि दिन यता एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडे र महासचिव रामहरी अधिकारीका फेसबुक नियुक्ति र बधाइका शूभकामनाले भरिएका छन् । फलानो पदमा नियुक्त भएकोमा बधाई भन्दै धेरैका फोटोहरु गाँसेर बधाई दिने क्रम चलिरहेको अहिलेसम्म जारी छ ।
जब फेसबुकमा बधाई आउँछ अनि धेरैले त्यहिँ ‘बधाई र शूभकामना’ लेख्छन् । नियुक्त हुने सबैले आफ्नो फेसबुकमा सेयर गर्दै धन्यबाद दिन थाल्छन् । अनि फेरि त्यहाँ पनि बधाईको माहोल चल्छ दुईचार दिन । विगत ६ महिना यता एनआरएनए अमेरिका यही र यस्तैमा व्यस्त देखिएको छ ।
एउटा कुनै समिति होस् या उपसमिती होस् त्यसान भएका १२ जना मध्य धेरै जसो त चेयर र को-चेयर अनि १/२ जना मात्र सदस्य देखिन्छन । पदाधिकारीहरूका फोटो हेर्दा लाग्छ अब यी समीतिहरूले त ब्यापक नै काम गर्ने भयो ।
एनआरएनए अमेरिकाको मात्र होइन, आईसीसीको फलानो टोलीको सल्लाहकार त कहिले फलानो टोलीको फलानो उपसमितीको चेयर, यति बेला फेसबुकमै एनआरएन एनसीसी होस् आईसीसी होस् या हारेको या जितेको समुहको किन नहोस् जस्ले पनि फेसबुकमा फ्लायर बनायो बधाई दियो दुई दिन रमाइलो अनि हरायो ।
यस्ता टिके चेयर र को-चेयर अनि क्षणिक बधाईले के देखिन्छ भने हामी पहिलो पुस्ताहरु सानो हुन जानेकै छैनौ । यहाँ सबैलाई नाम मात्रकै भए पनि ठुलो पद चाहिएको छ । दुई दिन भए पनि सामाजीक सञ्जालमा हल्ला गर्न परेकै छ ।
हामी पहिलो पुस्ता आज प्रवासमा भएका संस्थाका यी बिभिन्न टिके पदबाट काम भन्दा पनि हल्ला र आफ्नो जन्मभुमी नेपालमा होस् अन्यत्र भएका साथीभाईलाइ म त ठुलै मान्छे भए है भन्ने भ्रम पार्न तल्लीन छौँ । यहाँ न त आइसीसीको चुनाव हारेको मान्छेलाई म पराजित भएँ, अर्को पटक मन जितेर अघि बढ्छु भन्न मन छ । यस्तो जात्रा देखिन्छ कि कि चुनाव हारेकै ले पनि आफ्नो नामको अन्त्यमा फलानो पद भन्छ या उसको नजिकको आसेपासेले जन्मदिनको बहानमा भए पनि फलानो पदका फलनालाई जन्मदिनको शुभकामना भन्दै चिल्लो घस्न पछि पर्दैन ।
हामी बिभिन्न बाध्यताले जन्मभुमी छाडेर आएका पहिलो पुस्ताहरु कहिले सम्म यसरी टिके पदमा रमाएर क्षणकतामा रमाउने ?
बधाई पाउने चेयर र को-चेयरले आफ्नो कार्यकालमा एउटा बैठक बसेर, योजना बनाएर यस्तो काम गर्न सफल भयौं समुदायको लागि भनेर बाहिर ल्याउलान् कि त्यहि बधाई मै हराउलान् ?
नेपालबाट ठुलो सपना बोकेर अमेरिकामा उच्च शिक्षा लिन आएका बिद्यार्थीहरु उचित गाईडेन्सको अभावमा आज अन्यौलमा छन् । बिद्यार्थीहरु न त आफुलाइ कलेज पढ्न पुग्ने काम पाउन सकेका छन् न त समुदायसँग कनेक्ट हुन सकेका छन् ।
अमेरिकामा खुलेका यि सयौं संस्था र हजारौं टिके पदले बिभिन्न सपना बोकेर बिद्यार्थी भिसामा आएका र ठुलो सपना बोकेर कठिन बाटोबाट आएका दाजुभाई पनि नजिक हुन सकेका छैनन् । अनेक समस्याहरु सङ बिध्यार्थीहरुकै समुह बनाएर समस्यासँग जुध्ने गरेका छन । मेन्टल हेल्थका समस्याहरु बिकराल छन तर यी समस्याहरुलाई कसरि सम्बोधन गर्ने भनेर जुन रुपमा कार्यक्रमहरु ल्याउनु पर्ने हो त्यो देखिदैन । यसो हुनुको मुख्य कारण नै सेवा नभएर नेता बन्ने प्रबृतिले गर्दा हो ।
यो पहिलो पुस्ताले आगामी पुस्ताहरुलाई उदाहरण दिन मिल्ने गरि कतिजनाले सोचेका छौँ होला ? हामी पहिलो पुस्ता पछि आउनेले के यो पुस्तालाई कसरी सम्झन सक्छन् होला त ?
बिगतका उदाहरण हेर्दा धेरै पद त नियुक्तीको दुई चार दिन हल्ला अनि स्वाहा भएको देखेकै हो । हामी पहिलो पुस्तालाई नेपालको राजनीति देखी यहाँको आर्थिक बोझ सबै सम्हाल्नु त छदैछ तर आखीर कहिले सम्म यसरी हल्ला गरेरै मात्र बस्ने त ?
अब के तपाई हामी सबै जना हल्ला को पछि भन्दा पनि हामी पहिलो पुस्ता अनि आगामी पुस्ताहरुलाई पनि हुने दिर्घकालीन योजनाहरु बनाएर त्यता लाग्ने समय आएन र ?
भो अब धेरै फेसबुकका क्षणिक नियुक्ती र डिजीटल बधाई अनि क्षणिक मन शान्तीमा नलागौं । आउनुहोस् सबैजना आगामी पुस्तालाई पनि हुने दिर्घकालीन काम गर्न लागि परौं । हामी यो पुस्ताका सामु धेरै जिम्मेवारी छन् । जन्मभुमिलाई सेवा गर्ने देखी कर्मभुमीमा आफ्नो बलियो करियर सहित आगामी पुस्तालाई बलियो उदाहरण बन्न पर्ने हाम्रो दायित्व छ। अब हामी सबैजना अनि यी सयौं संस्थाहरु यता तिर नलागेर कहिले सम्म फेसबुकको लाईक र फ्लायरमा रमाउनेहरू गम्भीर हुने बेला भएन र ?
(ड्यालस, टेक्सस)
प्रतिक्रिया