आधा मन स्वदेशमै आधा यहाँ बाँचेकोछु, मुटु भित्र नेपालको माया साँचेकोछु। कसले भन्छ मान्छे बाँच्न मुटु सहितको सिंगो शरीर मात्र काफी छ भनेर? भौतिक शरीर भन्दा धेरै त मान्छे मनले बाँचेको हुन्छ जस्तो लाग्छ। मन बाँचेको छ र त मान्छेलाई बाँचे जस्तो अनुभव दिन्छ। त्यो पनि नेपाली मनले बाँच्नु सगरमाथालाई सिरानी हालेर बाँच्नु जत्तिकै हो।…