अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लघुरुद्री(१२१ पाठ) लगाउनुका साथै विशेष होम गर्ने धार्मिक कार्य सम्पन्न भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्लैण्ड(प्याब्फोन-PABFONE)द्वारा आयोजित बृहत् धार्मिक तथा सामाजिक कार्यक्रम ‘मूर्ति प्राण प्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम’ अन्तर्गत मे २९ तारिख सोमवारका दिन उक्त धार्मिक कार्य सम्पन्न गरिएको हो। मे २७…